पूर्व सभामुख तथा सासंद कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाइ प्रहरी परीसर सिंहदरवा लगिएकाे छ उहाँलाई पक्राउ गर्न डीएसपीको कमाण्ड एक टोली खटिएको थियो । सो कुरा महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख उतम सुवेदीले जानकारी गराउनुभयो । महरालाइ सभामुख निवास बालुवाटारमा प्रहरीले केही समय अघि नै नियन्त्रणमा लिएकाे भए पनि सडकमा सवारी भएकाे र कानुनी प्रक्रिया पूरा गर्न केही समय लागेकाे थियाे । उहाँलार्इ साँभ ६ः१५ बजे तिर निवासबाट बाहिर लगिएकाे थियाे ।

 

पक्राउ गर्नु अघि सभामुखकाे सरकारी निवासमा अघि ठूलाे संख्यामा प्रहरी परिचाल गरिए थियाे । प्रहरीले उहाँलार्इ नियन्त्रणामा लिए पनि कहाँ राख्ने भन्ने विषय तथा केही अन्य कानुनी प्रक्रिया पूरा गर्न केही समय लागेकाे प्रहरी स्राेतले बतायाे । उहाँलाइ उहाँले नै प्रयाेग गर्ने राताे कारमा राखेर प्रहरीले बाहिर लगेकाे थियाे ।
प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सीसीटीभीको निगरानीमा राखिएको छ । अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका महरालाई थुनुवा राख्ने कोठामा राखिएको छ जहाँ सीसीटीभीको निगरानी रहेको छ ।

महरालाई साँझ वृत्तमा पुर्याएपछि उनलाई अलग्गै कोठा दिइएको हो जहाँ थुनुवा राख्ने गरिएको छ । तर, उनलाई अन्य थुनुवा राखिएको ठाउँमा भने राखिएन । प्रहरी स्रोतका अनुसार महरा सामान्य ढंगले प्रस्तुत भएका थिए । उनी राति सीसीटीभीको निगरानीमा रहेको कोठामा सुतेका थिए । तर, उनको स्वास्थ्यमा भने समस्या रहेको बुझिएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि करणी प्रयास गरेको भनी महराविरुद्ध किटानी जाहेरी दिएपछि १९ असोजमा सभामुखको सरकारी निवासबाट महरा पक्राउ परेका थिए ।

Comments