आफ्नै नाभीमा भएको बिनाको सुगन्ध थाहा नपाएको कस्तूरी जस्तै हामीकहाँ भएका थुप्रै प्राकृतिक र जैविक सम्पतिबारे हामी नेपाली नै अनभिज्ञ छौं । तर केही विदेशी यस्ता छन्, यहाँ आएर तीबारे पत्तामात्रै लगाएका छैनन् कि आफ्नो जीवन नै नेपालमै बिताएर नेपालकै लागि खोजअनुसन्धान गरिरहेका छन् । र यो देशलाई गुन लगाइरहेका छन् । तिनैमध्येका एक हुन् बेलायती नागरिक कलिन फिलिप स्मित अर्थात पुतली बा्रको खाटमा सुतिरहेका छन् सेतै कपाल र दारी पालेका एक बृद्ध, उनलाई कोहीले पुतली बाजे भन्छन् % घरभित्रको खाटमा सुतिरहेका छन् सेतै कपाल र दारी पालेका एक बृद्ध, उनलाई कोहीले पुतली बाजे भन्छन् त कोहिले गोरा बाजे । उनलाई सबैले नेपाली ठान्छन् । तर उनी हुन् ८१ वर्षीय बेलायेती नागरिक कलिन फिलिप स्मित ।

विक्रम संवत २०२२ सालमा २९ वर्षको उमेरमा उनी युनाइटेड मिसनको शिक्षक भएर पहिलो पटक नेपाल आएका थिए । पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिंग स्कूलमा २ बर्ष बिज्ञान र गणित बिषय पढाएर उनि गोर्खाको स्कुलमा पढाउन गए । त्यहाँ उनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र डा उपेन्द्र देवकोटालाई बिज्ञान र गणित पढाएका रहेछन् । आफूले पढाएको विद्यार्थी अहिले देशको ठुलो मान्छे भएको मा गर्ब छ उनलाई ।

गोरखामा २ बर्ष पढाएर उनि फेरी पोखरा फर्के र केहि बर्ष पृथ्बी नाराएण क्याम्पसमा फिजिक्स बिषय अध्यापन गरे । सानै देखि पुतली प्रति रुचि भएका पुतली बाजेले बेलायतमै रहंदा १ बर्ष पुतली संग्रालयमा काम गरेका थिए । नेपाल आए देखी नै पुतलीको खोज र संकलनमा लागेका उनले पढाउने काम छोडेर नेपालमा पाइने पुतली को अनुषन्धान र खोजमा लागे ।
५० भन्दा बढी जिल्ला पुगेका उनले नेपालमा ६५० जातिका पुतली पाइने कुरा पत्ता लगाए जस मध्य ५५० जातिका पुतली संकलन गरिसकेका छन् । उनले त्रिभुबन विश्वविद्यालय को केन्द्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौं विश्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली संकलन गरेर राखिदिएका छन् । पर्यावरणमा स–साना जीवको ठूलो महत्व हुने भएकाले पुतली अध्ययन र संकलन अभियान थालेका उनले पुतलीसम्बन्धी १० वटा किताब लेखिसकेका छन् ।

कतिपय विदेशीले नेपालका पुतली संकलन गरी विदेश लगेको आरोप उनी लगाउँछन् । पुतलीबारे खोज र संकलन गर्दै उनले आफ्नो जीवनको आधा शतक भन्दा बढी समय नेपालमै खर्चिसकेका छन् । ८१ बर्षको उमेरमा पनि उनि पुतलीकै अनुषन्धानमा लागिरहेका छन् । अहिले पनि उनि एउटा गैरसरकारी संस्था लिबर्डमा स्वयंसेवा गरिरहेका छन् ।

५२ वर्ष नेपालमै बिताएका उनी आफूलाई नेपाली नागरिक सरह ठान्छन् र सबैले पुतली बाजे भनेकोमा मख्ख पनि छन् । जवानी र वृद्ध दुवै उमेर नेपालमै बिताएका उनको अन्तिम इच्छा नेपाली भएर म’र्नु हो । नेपाली नागरिकताका लागि धेरै प्रयास गरे पनि नपाउँदा उनी खिन्न छन् ।

त्यस्तै पैसा नहुँदा एक बालक ब्लड क्यान्सरले थालिंदा पनि उपचार गर्न सकेका छैनन् ।सामान्य परिवारमा जन्मिएका पृथ्वी तामाङलाइ यस्तो गम्भीर रोग लागेपछि बुवाआमा अहिले आशुको भेलमा डुबेका छन् । दशैको मुखमा आइपुग्दा छोराको यस्तो हालत देखेर बुवाले भने, मैले जमरा पनि राख्न मन लागेन, छोराको यस्तो हालत छ कसरि जमरा राख्ने ? मलाई त चाडपर्वको कुनै खुसियाली छैन भन्दै निकै भावुक बनेका छन् बाँकि उनको भिडियो तल हेर्नुहोस

Comments