नेपाल टेलिभिजनमा प्रशारण हुने चर्चित हाँस्य टेलिफिल्म ‘भद्रगोल’ मा कलाकारहरुबीच साँच्चै नै भद्रगोल भएको छ । कलाकारहरुबीच कुरा मिल्न नसक्दा भद्रगोल नै भएको हो । पारीश्रमिक लगायतका विषयमा विमती भएपछि सो टेलिसिरियलका कलाकारहरु छुट्टीएका छन् । सो टेलिसिरियलवाट अलग्गिएका कलाकारहरुको समूहले नयाँ टेलिसिरियल ल्याए । मिडियाहबसँगको विवादका कारण ‘भद्रगोल’बाट कलाकारहरु अलग्गिएका हुन् । समुहवाट अलग्गिएका कुमार कट्टेल (जिग्री) सहितका कलाकारहरुले ‘सक्किगोनि’ नामको नयाँ टेलिसिरियल ल्याएका हुन् ।

नयाँ टेलिसिरियलमा जिग्रीका अतिरिक्त अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरि निरौला (कक्रोज) मधुसुदन पाठक (सिते बा) लगायत २१ जना कलाकार रहेका छन् । यसै कराममा केहि हफ्ता देखि यो सिरियल आइसकेको छ र यसलाई दर्शकले निकै नै रुचाएका छन् । सक्कीगोनी सिरियललाइ रुचाउन्दै गर्दा उता भद्रगोल भने लाइक भन्दा डीसलाइक धेरै आएको छ ।

यसैबीच हिजो (बिहीबार) प्रशारण भएको तेस्रो एपिसोडमा दर्शकहरु हाँस्दाहाँस्दै भावुक भए । दशैंको रमाइला संवाद र दृश्यबाट सुरु भएको यो श्रिंखला अन्त्यमा वैदेशीक रोजगारीको पीडामा पुगेर टुंङ्ग्याइएको थियो । सक्किगोनीको तेस्रो भागमा (युट्युवमा) लगगभ पाँच हजार कमेन्ट आएका छन् भने, पाँच लाख २२ हजारभन्दा बढीले हेरिसकेका छन् । अधिकांश प्रतिक्रियामा सक्किगोनीको यो भाग निकै उत्कृष्ट भएको दर्शकले दिएका छन् ।

हिजो प्रशारित श्रिंखलामा पात्र वरिष्ठेले पाडे र धतुरेलाई खोरमा बाँधेको, पाडेले जयन्तेलाई भेँडा बनाएर बिक्री गरेको, बले र कक्रोज वैदेशिक रोजगारीमा गएका व्यक्तिको श्रीमतीसँग नजिकिन खाजेको रमाइला दृश्य र सम्वाद प्रस्तुत छ । तर दसैंको पूर्वसन्ध्यामा एदुमे विदेश जानुपर्ने बाध्यतामा पर्नु र विदेश गएका पुरुषको शव बाकसमा आएको दृश्यले सबैलाई स्तब्ध बनाउँछ । टेलिश्रिंखला सक्कीगोनीको भाग ३ प्रशारणसम्म आइपुग्दा यस टेलिश्रिंखलाको लोकप्रियता निकै बढेको छ ।

Comments