एउटा सत्य कथा जो सुनेपछी सबैलाई एकैछिन सोच्न बाध्य बनाउछ । एउटि नेपाली चेलिको कथा अनि त्यसभित्रको ब्यथा । एक गरिब परिवारमा जन्म लिएकी एउटि महिला जसको कलिलै उमेरमा बिबाह हुन्छ । घरबार सम्बन्ध राम्रै चल्दै थियो । एकाएक सम्बन्धमा खटपट आउन थाल्यो । जसो गर्दा पनि जे गर्दा पनि श्रीमानलाई खुशी पार्न नसकेपछि दिनदिनै तनाबमा बित्न थाल्यो ।

एउटा छोरो पनि जन्मिएपछी झनै जिम्मेवारी थपियो । छोरो दिनदिनै बढ्दै गयो तर लोग्ने स्वास्नीको सम्बन्ध र माया घट्दै गयो । लोग्नेको साथ नभएपछि परिवारबाट पनि सोचेजस्तो राम्रो हुन छाड्यो । श्रीमानले पनि धेरै संखा उपसंखा गर्न थालेपछी कोहि सङ बोल्नै नमिल्ने भयो ।दुरि बढ्दै गयो अनि श्रीमान श्रीमती संगै बस्न नसक्ने नै निर्णय भयो । छोरो पनि सानै अनि एक्लो जिन्दगी कसरी बिताउने के गर्ने के खाने भन्ने अवस्थामा पुगिन । छट्पटीमा धेरै दिन बिताएकी अनि कसैको साथ नपाएकी महिलाले हिम्मत हारिनन । अब एक्लै पनि बाचेर अनि केही गरेर देखाउछु भनेर एउटा अठोट लिएर अगाडि बढिन ।

नेपालमा रहेका धेरै एकल महिला दिदिबहिनीहरु केही दुख अनि पीडा हुदा आत्तिएर के गर्ने कसो गर्ने भन्ने अवस्थामा गुज्रिरहेका हुन्छन । दुख अनि पिडामा रहेका महिला दिदिबहिनीका लागी पनि एउटा दरिलो उदाहरण नै बनेकी महिलाले आफ्नो दुख अनि पीडा सम्झेर आशु नै झारिन । उनले जिबनमा धेरै दुख अनि पिडामा आँसु बगाएको सम्झेर अनि आफ्नो हिम्मत सम्झेर अहिले आफू नै छक्क पर्ने बताउछिन । धेरै दुखमा अरुकोमा काम खोजेर हिड्दा दिनरात भौतारिदा धेरै दुख पाएकी दिदीले आफैले पोते बनेर बेच्ने तालिम लिएपछि एकाएक जिबनमा परिबर्तन आउन थाल्यो ।

अहिले विभिन्न डिजाइनका पोतेहरु उनले बजारमा ल्याएकी छिन । भर्खरै जिबनमा परिवर्तन आउदै गरेको बताउने दिदिले छोरो पढाउन र आफुले खान अनि कोठाभाडा तिर्न धेरै दुख गर्नु नपर्ने अवस्था आउने सम्भावना देखेको बताउछिन । दशै तिहारमा आफ्नो दुख बुझेर आफुले तयार पारेको पोते दर्शकले किन्नेमा धेरै आशा गरेकी बताउने दिदिले दशै तथा तिहारको सबैलाई सुभकामना पनि दिइन ।

अहिले बिहान उठेदेखी बेलुकि पनि आखाले भ्याएसम्म पोतेका नयाँ नयाँ डिजाइन बनाउदै गरेको बताउछिन । भन्छिन “धेरै डिमाण्ट आउँछ तर पुर्याउन अलिक सक्दिन” । को हुन त यतिधेरै दुख गरेर जीवन बिताउदै गरेकी दिदी जो अहिले सबै महिलाहरुका लागि उदाहरण बनेकी छिन ।

Comments