जगमान गुरुङ – दसैँ धार्मिक तथा सांस्कृतिक पर्व हो । दसैँमा शक्तिको उपासना हुन्छ । नेपालमा दसैँमा हिन्दूको उपासनाको विधिको वर्चस्व रहेको छ । जनजातिले पनि हिन्दूको दसैँ हो भन्ने बुझेका छन् । जनजातिमा हाम्रा पुर्खा मैषासुर हुन्, पूर्खालाई पराजित गरेर दसैँ मानिएको भन्ने बुझाइका कारणले पनि दसैँ तथा दसैँको टीका जनजातिले कुनै समय बहिष्कार गरेका हुन् ।

विभिन्न शक्तिपीठमा जनजाति तथा आदिवासी पुजारी छन् । विश्वमा सबैभन्दा बढी पशु बलि हुने ठाउँमा थारु पुजारी छन् । छिन्ताङ भगवतमा राई पुजारी, गोरखाको कालिका दरबारमा काली स्थापना गरेको ठाउँमा मगर पुजारीबाहेक अरु पस्न पाउँदैनन् ।

ब्राह्मण बाहिरी खण्डमा पाठ गर्छन् । गोरखाको कालिका मन्दिरमा मगरको अग्राधिकार छ । स्याङ्जाको आलमदेवी मन्दिरमा मगर पुजारी छन् । दाङको बाराही मन्दिरमा मगर पुजारी छन् । राजविराजको राजदेवीमा पुजारी थारु, काठमाडौँको शोभा भगवती र भद्रकालीमा वज्राचार्य पुजारी छन् ।

भक्तपुरको नवदुर्गा र पलाञ्चोक भगवतीमा वज्राचार्य पुजारी छन् । धरानको बूढासुब्बामा मगर पुजारी छन् । प्रमुख शक्तिपीठमा जनजाति पुजारी भएपछि कसरी जनजातिले हाम्रो दसैँ हैन भन्ने ?

दसैँमा विशेषगरी गण्डकी प्रदेशका कोतमा मगर र ब्राह्मण पुजारी छन् । मगर पुजारी छन् भने ब्राह्मण पुरोहित छन् । काली स्थापना गरेको ठाउँमा महाअष्टमीको कालरात्रिको मध्यरातमा मगर पुजारीले केराको पातमा भातको जाँड कालीलाई चढाउने चलन छ ।

मगर पुजारीले कालीलाई जाँड चढाएपछि ब्राह्मणले हरिओम तत्सम् भनेर संकल्प गर्छन्, त्यहाँ मतवाली र तागाधारीबीच भेद छैन । नेपाली संस्कृतिमा मतवाली र तागाधारीबीच आ–आफ्नो पहिचान भए पनि मिलेर बसेको समाज हो ।

दसैँ जनजातिको पर्व हैन भन्ने क्रिस्चियनले प्रचार गरेका हुन् । हिन्दू धर्मलाई विनाश गर्न गलत प्रचार गरिएको हो ।नेपालमा हिन्दू, बौद्ध, आदिवासी, जनजाति लगायतको बीचमा भेद छैन । एकअर्काको आन्द्रा गाँसिएको छ । हिन्दू, जनजाति, आदिवासी लगायतको बीचमा भेद गराइदिएपछि हिन्दू धर्म पतन हुनुका साथै आदिवासी जनजातिको पनि संस्कृति पतन हुन्छ भन्ने उद्देश्यले गलत प्रचार गरिएको हो ।

नेपालमा मानिने विभिन्न धर्म–संस्कृति तथा आदिवासी जनजातिबीच द्व न्द्व गराइदिएपछि एकआपसमा द्व न्द्वमा फँस्छन् र क्रिस्चियनको वर्चश्व हुन्छ भन्ने उद्देश्यले धर्म–संस्कृतिका बारेमा गलत प्रचार भएको हो ।

आर्यको गुण, देश, काल, परिस्थितिअनुसार भाषा, धर्म, संस्कृति परिस्कृत गर्दै लाने हो । आर्य शब्दको अर्थ सभ्य हो । बसाइँ सर्दै जाँदा आदिवासी भूमिपुत्रको मीठो बोलीलाई पनि अंगीकार गर्दै लाने गुण नेपालीमा थियो ।

भूमिपुत्रको चलनलाई सांस्कृतिकीकरण गरिन्थ्यो । सांस्कृतिकीकरण भनेको हिन्दूजस्तो बनाइयो । त्यसैले आदिवासी जनजातिमा पनि हिन्दूको कतिपय कुरामा प्रभाव परेको छ भने जनजाति आदिवासीको कतिपय कुरामा हिन्दूको पनि प्रभाव परेको छ । त्यसैले नेपालमा यो हिन्दू, बौद्ध, यो आदिवासी, जनजाति भन्ने छुट्याउन सकिँदैन । सबैको आन्द्रा जोडिएको छ ।

मतवाली र तागाधारीबीचको आन्द्रा काटिदिएपछि मान्छे मर्ने भएकाले अहिले विवाद ल्याएर आन्द्रा का टिदिने अहिलेको खेल हो ।

नालापानीको लडाईंमा पानीको स्रोत का टिदिएर नेपालीलाई प्याक प्याक पारेजस्तै हिन्दू धर्मको ज्ञानको स्रोत पनि का टिदिने खेल भइरहेको छ ।

सुरुमा सबै जनजाति तथा क्षेत्री ब्राह्मणले सेतै टीका लाउने चलन थियो । पछिल्लो समय रातो रङ पाइन थालेपछि मात्रै रातो टीका लाउन थालिएको हो । नेवार व्यापारी भएकाले सबैभन्दा पहिले नेवारले दसैँमा रातो टीका लाउन थालेका हुन्।

चरेशको थालमा, ढुङ्गामा अक्षताले पूजा गरेर बोकालाई भोग दिइयो र त्यही बोकाको र गत चामलमा हालेर टीका लाउन थालियो । नेपालका आदिबासीले र गतको टीका पछि मात्र लाउन थालेका हुन् ।

दसैँमा बलि चढाइँदा पशु अधिकारकर्मीले आवाज उठाउनु सही हैन । इस्लाम तथा इसाइ धर्मावलम्बीमा पनि का टमा र गर्ने चलन छ । इस्लामले उँट का ट्छन् भने क्रिस्चियनले ट र्की (सुतुरमूर्ग) काटेर आफ्नो पर्व मनाउने चलन छ ।

नागरिकन्युजबाट, प्रकाशित मिति : २ कार्तिक २०७५, शुक्रबार

Comments