काठमाडौं । गायक टंक बुढाथोकीले दर्शक रोएपछि आफूले मन थाम्न नसकेर रोएको बताएका छन् । एक वर्ष अघि टंक र बालगायक अशोक दर्जीको गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ चर्चित भएको थियो । सोही गीतको दोस्रो संस्करण शुक्रबार सार्वजनिक गरेका टंकले दर्शक रोएपछि आफू पनि रोएको बताएका हुन् । शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको १२ लाख पटक हेरिएको छ भने चार हजारबढी कमेन्ट आएको छ । जसमा गायक टंकलाई आफ्नो जीवनसँग मेल खाने गरी गीत बनाएको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् ।

गायक टंकले दर्शकको प्रतिक्रियाले मन छुँदा आफूले पनि मन थाम्न नसकेको बताए । व्यक्तिगत रुपमा समेत दर्शकबाट फोन म्यासेज आएको र सोही म्यासेजले आफूलाई भावुक बनाएको उनको भनाइ छ । ‘म दर्शक रुवाउन चाहन्नँ, तर गीतले सबैलाई छुने हुँदा दर्शक रोए’, उनले क्यानाडानेपालसँग भने, ‘दर्शक रोएको देखेपछि म पनि रोएँ ।’

सामाजिक कथालाई गीतमा उतारेर दर्शकमाझ ल्याउँदा धेरैको मन छुने गरेको अनुभव सुनाएका गायक टंकले अझै पनि समाजमा गीत बन्न लायक र ल्याउनु पर्ने विषय धेरै रहेको बताए । आफू गायक रहेको र सामाजिक विषयबस्तुलाई गीतमार्फत ल्याउनु आफ्नो धर्म रहेको भन्दै उनले आफूले भोगेको विषय पनि गीतमा समेटेको बताए । परिवारलाई समय दिन नसक्दा भोगेको पीडा गीतमा रहेको गायक टंकको भनाइ छ । क्यानाडानेपालकी पूजा श्रेष्ठसँग कुराकानी गरिहँदा गहभरी आँशु पारेर भक्कानिएका गायक टंकले दर्शकलाई आफ्नो बुवाआमा र परिवारका सदस्यप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्न सुझाव दिएका छन् ।

यसैबीच, शुक्रबार सार्वजनिक गरिएको ‘मन बिनाको धन –२ हयो समाचार तयार पर्दासम्म युट्युबमा ३ लाख १४ हजारभन्दा धेरैपटक हेरिएको छ । सो गीतमा टंक बुढाथोकी, उनका छोरा एआर बुढाथोकी, अशोक दर्जी र विक्रम थापाको स्वर रहेको छ भने शब्द सृजना शंकर आचार्यको छ । जसमा संगीत स्वयम् गायक टंक बुढाथोकीको छ ।

Comments