इन्डोनेसियाको पालु शहरलाई केन्द्रबिन्दु बनाएर गएको भीषण भूकम्पको शनिबार एक वर्ष पूरा भएको छ । यस भूकम्पमा परी करिब ४ हजार व्यक्तिको मृ त्यु भएको थियो । गत वर्षको सेप्टेम्बर महिनामा तटीय शहर सुलावेसीमा आएको ७.५ रेक्टर स्केलको भूकम्पको मारिएका व्यक्तिहरुको सम्झनामा सामूहिक प्रार्थना गर्ने कार्यक्रम सम्पन्न भएको सम्बन्धित अधिकारीहरुले जनाएका छन् ।

यस भूकम्पमा परी मारिएका र बेपत्तासहित व्यक्तिको सङ्ख्या करिब ४ हजार ३०० भएको जनाइएको छ । सो भूकम्पको कारण घरबारबिहीन भएका करिब ६० हजार व्यक्तिहरु अझै बिभिन्न शरणार्थी स्थलमा रहेका बताइएको छ ।

इन्डोनेसियामा बारम्बार भूकम्पको प्रकोपले सतारहेको हुन्छ । इन्डोनेसियामा सन् २००४ मा गएको ९.१ भूकम्प र त्यसपछिको सुनामीमा परी कम्तीमा २ लाख २० हजार व्यक्तिको मृ त्यु भएको थियो । लाखौ व्यक्ति घरबारबिहीन भएका थिए ।

यो पनि पढ्नुहोस : भूकम्पका कारण इन्डोनेसियामा २० को मृ त्यु, सय घाइते

आम्बोन सिटी, इन्डोनेसिया, असोज – इन्डोनेसियामा बिहीबार आएको भूकम्पमा परी कम्तीमा २० जनाको निधन भएको छ ।अधिकारीहरुले दिएको जानकारी अनुसार सो भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् भने सयौँ विस्थापित भएका छन् । देशको दुर्गम क्षेत्रमा पर्ने मालुकु टापुमा गएको भूकम्पपछि आएको पहिरोमा परी एक जना पुरिएका छन् । भुकम्पबाट त्रसित भएका स्थानीय बासिन्दा दौडिएर घरबाट बाहिर निस्किएका थिए । उनीहरु लामो समयसम्म सडकमै भेला भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

“कम्तीमा एक सय जना घाइते भएका छन्, दुई हजार भन्दा बढी घरबार विहिन भएका छन्,” राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अगुस विबोवोले भन्नुभयो । उहाँले पछिल्लो विवरण दिदै निधन भएका २० जना मध्ये एक जना नवजात रहेको पनि जानकारी दिनुभयो । घटनाको प्रारम्भिक विवरणमा स्थानीय अधिकारीहरूले एक जनाको निधन भएको र अरु कैयौँ घाइते भएको बताएका थिए ।

अधिकारीहरुका अनुसार एक जनाको हृदयघात भएर मृत्यु भएको छ भने अर्की एक महिलाको मोटरसाइकलबाट खसेर निधन भएको छ । स्थानीय समय अनुसार विहानको समयमा ६.५ म्याग्निच्युडको भूकम्प आएको थियो । झण्डै चार लाख जना सो भूकम्पबाट प्रभावित भएका बताइएको छ ।

प्रभावित मध्ये अधिकांश त्रसित, कपडामा रगत लागेको, दौडधुप गरेको, सामान्य चोटपटक लागेको, सहयोगको अपेक्षा गरेको लगायतका अवस्थामा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीय समयानुसार बिहान करिब ०८.४५ बजे भूकम्प आएलगत्तै मानिस आत्तिएर घर बाहिर निस्केका थिए । स्थानीयबासीका अनुसार भूकम्पका कारण घर निकै जोडसँग थर्किएका थिए ।

अमेरिकी भूगर्भ विभागका अनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ उक्त भूकम्पको केन्द्र विन्दु रहेको छ । मुख्य भूकम्पपछि अरु एक दर्जन परकम्प गएको र एउटा परकम्प ५.६ म्याग्नीच्यूडको पनि गएको इन्डोनेसियाली भूगर्भ विभागका प्रमुख रहमत ट्रियोनोले बताउनुभयो ।

Comments