काठमाडौं । अमेरिकाको टेक्सासमा एक भारतीय मूलका प्रहरी अधिकारीको गो ली हानी ह त्या गरिएको छ । निधन हुनेमा ह्यारिस काउन्टीका सेरिफ डेपुटी सन्दीप धालिवाल रहेका छन् । उनले शुक्रबार दिउँसो पौने १ बजे सवारी नियम उलंघन गर्ने एक कारलाई ट्राफिक स्टपमा रोकेका थिए ।

ड्राइभरसिटको ढोका खुल्ला रहेको कारको त्यो ढोका लगाइदिएर उनी आफ्नो प्याट्रोलिङ गाडीमा फर्कदै गर्दा ड्राइभिङ सिटमा रहेको व्यक्ति निस्केर उनलाई पछाडिबाट दुई रा उण्ड गो ली प्र हार गरेको थियो ।

गो लीप्र हार गरे लगत्तै उक्त ह तियारधा री भने भागेको थियो । गम्भीर घाइते भएका धालिवालको स्थानीय मेमोरियल हर्मन अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

उनलाई गो लीप्र हार गरी भागेका ४७ वर्षीय रबर्ट सलिसलाई नजिकैको एक स्टोबाट प्रहरीले पक्राउ गरेको छ । गो ली प्र हार गर्ने व्यक्ति अ पराधी पृष्ठभूमिको रहेको पुष्टि भएको छ । ४२ वर्षीय धालिवाल सेरिफ डेपुटी हुने पहिलो शिख थिए । १० वर्षदेखि कार्यरत उनका तीन सन्तान रहेको बताइएको छ ।

Comments