मधुमल्ला – पछिल्लो समय मान्छेको का’ज क्रि’याको मिति छोट्याउने बहस चलिरहंदा मोरङ मिक्लाजुङका एक किसानले भने आफ्नै घरमा पालेको गाईको मृ त्यु संस्कार सम्पन्न गरेका छन । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ टाँडीका किसान हेमलाल पौडेलले पालेको गाईको गत असोज २ गते बिहिबार निधन भएको थियो । भखैरै व्याएको आठ दिनमात्र भएकोे लैनोगाईको निधन भएपछी हिन्दु संस्कार अनुसार गाईको काजक्रि’या गरे । उन्नत जातको होलेष्टन जातको गाई थियो गाई सुत्केरी भएको आठ दिनमै निधन भएपछि काजक्रि’या गरेको उनि बताउछन ।

गाईको जुठो बार्न हेमलाका दाजु माधबप्रसाद पौडेलले बसेको थिए । उनले गाईको तीन दिने मृ त्यु संस्कार गरेका हुन । गाई व्याएको आठ दिनका दिनमा निधन पछि हिन्दु संस्कार अनुसार तीन दिनसम्म काजक्रि’या गरिएको काजक्रि’या गर्न बसेका माधबप्रसाद पौडेलले बताए । गएको असोज २ गते विहीबार राति गाई म रेको र धार्मिक संस्कार अनुसार बिहिबार काम सकिएको छ ।

हिन्दु धर्म अनुसार गाई लक्ष्मि माताको प्रतिकको रुपामा रहेको र आफुले पालेको लौनो गाई म रेपछि तीन दिन काजक्रि’या गरिएको किसान पौडेलले जानकारी दिए । “गाई दाम्लो भन्दा बाहिर रहेको बेलामा म र्यो यदी दाम्लो लगाएकै बेलामा म रेको भए दश दिनसम्मै काम गर्नु पर्ने पौडेलले बताए । व्याएको आठ दिनको दिन गाई म रे पछि अहिले बाछोलाई भैसींको दुध खुवाई राखिएको हेमलाले बताए छ । ब्लास्ट खबर

Comments