विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रधान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ । पछिल्लो ९ वर्षमा प्रदान गरिएका १४२ पदक गृहमै बेवारिस छन् । सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिएपनि बेवास्ता गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

‘विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड–२०७५’ अनुसार मानपदवी प्रदान गरिएको १ वर्षभित्र सम्बन्धित व्यक्तिले नलिएमा स्वतः रद्द हुन्छ । मापदण्डअनुसार गृहले फिर्तासम्बन्धी निर्णय लिए पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (मरणोपरान्त)सहित १४२ जनाकै पदक खोसिनेछ ।

सरकारले संविधान दिवसको अवसर पारेर शुक्रबार ६३४ जनालाई मनपदवीमा सिफारिस गरेको छ । ती व्यक्तिलाई २०७७ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्नेछिन । गत वर्ष ३४२ जनालाई मानपदवी प्रदान गरिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

यो पनि पढ्नुहोस : ओली आफ्नै सांसदसँग असन्तुष्टः सरकारको बचाउमा नदेखिएको आरोप

प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको छ ।

प्रतिपक्षि कांग्रेसलगायत ‘पुरुत्थानवादी शक्ति’ ले जनतामा भ्रम छरेर सरकारलाई घेराबन्दी गर्ने प्रयास गरिरहे पनि त्यसको विपक्षमा सांसदहरु सशक्त रुपमा नउभिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । बर्खे अधिवेशन असोज २ मा सकिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

Comments