काठमाडौं । भारतीय नायिका प्रियंका चोपडा नवविवाहित हुन् । उनी आफ्नो कामको सिलसिलामा यात्रा गरिराख्नुपर्छ । त्यसकारण श्रीमान् निक जोनससँग निकै कम भेट हुन्छ । यस्तो अवस्थामा उनले आफ्नो श्रीमानसँगको आत्मीयता कायम राख्न प्रविधीको सहारा लिने गरेको बताइन् ।

३६ वर्षे नायिकाले २६ वर्षे श्रीमानसँग धेरै समयका लागि टाढा हुँदा ‘से’क्सटिङ र फेसटाइम से’क्स’ मा विश्वास राख्ने बताइन् । प्रियंका र निकले गत डिसेम्बरमा विवाह गरेका हुन् । गत बिहिबार एन्डी कोहनको कार्यक्रम वाच ह्वाट ह्यापन लाइभमा कार्यक्रमका प्रस्तोताले ‘धेरै समयका लागि श्रीमानसँग टाढा हुँदा से’क्सटिङ र फेसटाइम से’क्समा विश्वास गर्नुहुन्छ ’ भन्ने प्रश्नमा उनले तत्काल जवाफ दिइन्, ‘पक्कै पनि’ ।

उक्त कार्यक्रममा उनले श्रीमानको रौं खौरन पनि सहयोग गरेको बताइन् । यसबारे उनले स्पष्टिकरण दिँदै भनिन्, ‘उनको टाउको पछाडिको रौं ।’ उनले थपिन्, ‘एकपटक, मात्र एकपटक । उनको टाउको पछाडि मात्र ।’

विवाहमा कसले सबैभन्दा राम्रो उपहार दियो भन्ने प्रश्नमा प्रियंकाले भनिन्, ‘सबैभन्दा राम्रो कुरा त के हो भने केभिनले हामीलाई वाइनको सयौं बोतल ल्याइदिए र जोले यस्तो फ्रिज उपहारमा दिए जुन खोल्दा कारजस्तो देखिन्थ्यो ।’ प्रियंकाले यसअघि लामो सम्बन्धका लागि एकअर्कामा विश्वास र सम्मान हुनुपर्ने बताएकी थिइन् ।

यो पनि पढ्नुहोस : आफ्नै सिनेमा ‘द स्काई इज पिकं’ले ल्यायो प्रियंकाको आँखामा आँसु

मिस वर्ल्ड हुँदै सफल बलिउड अभिनेत्री बनेर हलिउडमा समेत सफलताको झण्डा लहराएकी प्रियंका चोपडा करिब ३ वर्षपछि ‘द स्काई इज पिंक’ नामक सिनेमाबाट पुनः बलिउडमा फर्किदैछिन्।

अक्टुबर ११ मा सिनेमा रिलिज हुँदैछ।प्रियंका अभिनित यस सिनेमाले रिलिज अगावैबाट गतिलो चर्चा बटुल्न थालेको छ। टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिवलमा प्रिमियर भएको सिनेमाले प्रिमियर पश्चात प्रशंसा बटुलेको छ। सोनाली बोस निर्देशित सिनेमाको प्रिमियर सकिएलगत्तै सिनेमा हेर्नेहरूले करिब चार मिनेटसम्म ताली पिटेर प्रियंकाको सिनेमालाई सम्मान प्रकट गरेका थिए।

यसै कार्यक्रममा प्रियंका भावुक समेत भइन्। सिनेमा सकिए लगत्तै उनका आँखा आँसुले भरिएका थिए। सिनेमाकी निर्देशकलाई अंगालो हाल्दै गर्दा उनका आँखा रसाएका थिए। प्रियंकाको यस सिनेमाले पुल्मोनेरी फाइब्रेसिस नाम रोगबाट जीवन गुमाउने अवस्थामा पुगेकी एक छोरीको बाबुआमाको कथा पेस गर्छ। सिनेमामा प्रियंका र फरहान अख्तर पतिपत्नी बनेका छन् भने हालै इस्लामले इजाजत नदिने भन्दै बलिउड सिनेमाबाट संन्यासको घोषणा गरेकी जायरा वसीम उनीहरूको छोरीको भूमिकामा छिन्।

सिनेमाको प्रिमियरमा प्रियंका आफ्ना पति निक जोनाससँग उपस्थित थिइन्। निकले पनि सिनेमाको क्लाइमेक्स हेरेर आफू रोएको प्रतिक्रिया दिएका थिए।

Comments