बलिउड अभिनेत्री सोनाक्षी सिन्हा फेरि ट्रोलको शिकार भएकी छिन् । रामायणमा हनुमानले कसका लागि सञ्जिवनी बुटी ल्याएका थिए भन्ने सजिलो प्रश्नको जवाफ दिन नसकेपछि उनको मजाक गडाइएको छ सामाजिक सञ्जालमा । चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को ११ औँ संस्करणको २५ औँ एपिसोडमा राजस्थानकी उदमी रुमा देवी ‘कर्मवीर प्रतिभागीको’ रुपमा कार्यक्रमा हिस्सा लिइरहेकी थिइन् । सोनाक्षी पनि विशेष अतिथिको प्यालनमा थिइन् र रुमा देवीलाई साथ दिइरहेकी थिइन् ।

कार्यक्रम चलिरहँदा बीचमा आएको उक्त प्रश्न आएको थियो । विकल्पमा थियो– सुग्रीव, लक्ष्मण, सीता र राम । सोनाक्षीलाई यसको उत्तर थाहा थिएन । उनले एक्सपर्टको लाइफलाइन प्रयोग गरिन् र सही जवाफ ‘लक्ष्मण’ बताइन् । उक्त एपिसोड सकिने बित्तिकै समाजिक सञ्जाल ट्वीटरमा मानिसहरुले उनको मजाक उडान शुरु गरिहाले ।

सामाजिक सञ्जालमा ‘निकै निराश जनक, कोही यति बुद्धु कसरी हुनसक्छ ?, मुस्लिम भएर पनि म यस प्रश्नको जवाफ दिन सक्छु तर यस प्रश्नका लागि सोनाक्षी सिन्हाले लाइफलाइनको प्रयोग गरिन्’, लगायतका टिप्पणी गर्दै मजाक उडाइएको छ । कतिले भने सोनाक्षीको बचाउ गरेका छन् ।

Comments