आज भ्रष्टाचारको विरोधमा काठमाडौँमा प्रदर्शन गरेका छन् । “नेपालका लागि नेपाली अभियानले” भ्रष्टाचारको विरोधमा काठमाडौँमा प्रदर्शन गरेको हो । काठमाडौैँको माइतीघरबाट नयाँबानेश्वरसम्म भएको प्रदर्शनमा सहभागीहरुले भ्रष्टाचार विरोधी नारा लगाएका थिए । उनीहरुले वाइडबडीकाण्ड, एनसेल घोटाला लगाएत अन्य चर्चित भ्रष्टाचारमा अहिलेको सरकारनै संलग्न रहेको भन्दै यो अभियानले प्रदशन गरेको हो ।

आफुलाई समाजिक अभियान्ता भन्दै भ्रष्टाचार विरुद्धको अभियान्ताको रुपमा देशव्यापी विभिन्न कार्यक्रम गरिरहको ज्ञानेन्द्र शाहिले प्रचण्ड, ओलीलाई कडा चुनौती दिदै आक्रोसपूर्ण भाषण गरेका छन् । शाहीले आक्रामक रुपमा अभिव्यक्ति दिदै भनेका छन् लोकतन्त्र खतरामा परेको होइन, खतरामा त प्रचण्ड र ओली परेका हुन् । हो म मण्डले हो मेरो रगत चेक गरेर देखाउ भन्दै मन्त्रि योगेश भट्टराईलाइ समेत उनले धम्कि दिएका छन् ।

Comments