चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणका लागि चारै सुरक्षा निकायका गुप्तचर इकाई सक्रिय भएका छन्। उनीहरुले गोप्य रुपमा ‘स्पेसल असाइन्मेन्टमा’ मा काम गरिरहेको पाइएको छ। उत्तरी छिमेकी चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको नेपाल भ्रमण असोज अन्तिम साता हुने निश्चित भएसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरु सुरक्षा योजना बनाउन लागेका हुन्।

उनीहरुले प्राथमिक रुपमा सीलाई काठमाडौंमा हुनसक्ने सुरक्षा चुनौती विश्लेषण गर्नेछन् र त्यसैअनुसार सुरक्षा प्रबन्ध मिलाउनेछन्। नेपाली सेनाको मिलिट्री इन्टिलिजेन्स (डीएमआई), नेपाल प्रहरीको विशेष ब्युरो, अपराध महाशाखा र काठमाडौं प्रहरी, सशस्त्रको गुप्तचर इकाई र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुले सीको नेपाल भ्रमणका सम्भावित सुरक्षा चुनौती संकलन गरिरहेका हुन्।

उच्च स्रोतका अनुसार नेपाली सेनाको डीएमआईले सहायक रथीकै नेतृत्वको टोली परिचालन गरेर काम गरिरहेको छ। नेपाल भ्रमणमा रहँदा राष्ट्रपति सीलाई पहिलो घेराबाट नेपाली सेनाले सुरक्षा दिनेछ। सेनाको डीएमआईबाट खटिएका अधिकारीहरु यतिबेला भेष बदलेर सिन्धुपाल्चोक, रसुवा, नुवकोटा र मकवानपुरका गाँउसम्म पुगेका छन्। सेनाको प्रारम्भिक विश्लेषणमा सीलाई भौतिक हानी पुर्याउने किसिमको खतरा छैन। ‘भौतिक हानी पुर्याउने किसिमको खतरा रहेको देखिँदैन, तर विश्वको ध्यान आकर्षित गर्न फ्रि तिब्बत मुभमेन्ट हुन सक्छ’, सेनाका एक उच्च अधिकारीले भने।

सीको सुरक्षाको केन्द्रीय जिम्मेवारी पनि नेपाली सेनाकै हुनेछ। सेनाको नेतृत्वमा केन्द्रीय सुरक्षा सेल बनाएर सीको भ्रमण अवधिभर सुरक्षा दिने तयारी भएको छ। त्यस्तो सेलमा सशस्त्र, प्रहरी र राअविका अधिकारी रहनेछन्।

(दीपक खरेलले नेपाल खबरका लागि लेखेको यो माथिको सामग्री हामीले साभार गरेका हौ)

यो पनि पढ्नुहोस : संयुक्त राष्ट्र संघका महासचिवद्वारा चीनको प्रसंशा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले संयुक्त राष्ट्र संघका कामहरूको अभिन्न अङ्ग बन्दै आएकोमा चीनको प्रसंशा गर्नुभएको छ ।

चीनले बहुपक्षीयतावादको खम्बा रहेर विश्व समुदायबीच मुख्य भूमिका निर्वाह गरिरहेको सत्तरीऔं वार्षिकोत्सव राष्ट्रिय दिवसका अवसरमा आयोजित एक कार्यक्रममा शुभकामना दिँदै उहाँले पठाएको एक सन्देशमा बताउनुभएको छ । चीन र संयुक्त राष्ट्र संघले सधैं झैँ हाल पनि विश्वव्यापी विभिन्न समस्याको सामना गर्दै आएको उहाँले बधाई सन्देशमा उल्लेख गर्नुभएको छ ।

दिगो विकास लक्ष्यको व्यवहारिक कार्यान्वयनमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गरेको औंल्याउँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्र संघले दिगो विकासलाई अघि बढाउन चीनले प्रदान गरेको राजनैतिक र वित्तीय समर्थनप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

संयुक्त राष्ट्र संघले शान्ति र सुरक्षा, मानव अधिकार तथा विकास क्षेत्रमा रहेका चुनौतीको सामना गर्ने क्रममा चीनले दिएको दृढ समर्थनप्रति पनि धन्यवाद व्यक्त गर्दै उहाँले चीनले अझ विशाल उपलब्धी हासिल गरोस् भन्ने शुभकामना दिनुभयो ।

यो पनि पढ्नुहोस : अमेरिकामा चिनियाँ भाषी चार पर्यटकको निधन

लस एन्जलस – अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको निधन भएको छ । अमेरिकाको ब्रायस कन्योन नेसनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घ’टनाग्रस्त भएको थियो । राजमार्ग गस्ती टोलीका अनुसार दुर्घटना भएको बसमा ३० जना यात्रु रहेका थिए । टोलीले चार जनाको निधन भएको र अरु १२ देखि १५ जना ग’म्भीर घाइते भएको जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि घटनास्थल नजिकै रहेको अस्पतालमा भर्ना गरिएको छ । कतिपय जटिल घाइतेलाई भने एम्बुलेन्स मार्फत् अन्यत्र लगिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय समय अनुसार बिहान ११.३० मा ब्रायस कान्योन देखि ५.६ किलोमिटर टाढा बस दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटना भएको दुई मिनेटपछि आफूहरुलाई फोन आएको गस्ती टोलीका अधिकारीहरुले जनाएका छन् । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको उनीहरुको भनाइ छ । अमेरिकाको एक स्वतन्त्र निकाय राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ ।

Comments