पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज बसको ठक्करबाट एक युवकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा९९प १४७३ नंको मोटरसाइकललाई आँबुखैरेनी गाउँपालिका–३ बजार क्षेत्रमा ठक्कर दिँदा थापाको मृ त्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक महेशराज पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार बसको ठक्करबाट घाइते थापाको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको हो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

यो पनि पढ्नुहोस : स्वतन्त्र सेनानी गुप्ताको निधन

वामपन्थी आन्दोलनका योद्धा एवं विसं २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ । विराटनगर–१५ निवासी स्व गुप्ता मिर्गाैला रोग र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो भने उहाँको शुक्रबार साँझ निधन भएको थियो ।

स्व मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लाग्नुभएका उहाँले ऐतिहासिक जुटमिल हडतालमा सक्रिय भूमिका निभाउनु भएको थियो । विसं १९८२ भारतको कोलकत्तामा जन्मनुभएका स्व गुप्ताको २००७ सालको क्रान्तिमा ठूलो भूमिका रहेको थियो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्व गुप्ताको पार्थिव शरीरमा आज राष्ट्रिय झण्डा ओढाई हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभयो । यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मीलगायतले पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।उहाँको आज हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाएको छ । उहाँका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।

Comments