परासी ।नेपाली सेनाको कालीध्वज गण परासीमा हवल्दार पदमा कार्यरत बम बहादुर घर्तीलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको छ । प्युठान घर भएका घर्तीलाई रामग्राम नगरपालिका–३ घोडपाली बस्ने ४१ वर्षिय ‘तारा’ भनिने रविन्द्र पाण्डेको ह त्या आरोपमा नियन्त्रणमा लिइएको हो ।

मृ तक पाण्डेलाई निजकै श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल पाण्डे र घर्ती मिलेर ह त्या गरेको आरोप छ । प्रहरीले मृ तक पाण्डेकी श्रीमती सरस्वतीलाई तीन दिन अघि पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बयानका क्रममा घर्तीको पनि संलग्नता रहेको खुलेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।

ह त्यापछि घर्ती ब्यारेकभित्रै थिए । उनलाई अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले नियन्त्रणमा लिइएको हो । घर्ती र सरस्वतीबीच केही महिनादेखि अनैतिक सम्बन्ध रहेको बयानका क्रममा खुलेको छ । मृ तक पाण्डेका परिवारले हराएको भन्दै खोजतलासका लागि प्रहरी कार्यालयमा निवदेन दिएका थिए ।

ह त्या भएको १५ दिनपछि उनको श व घर नजिकै रहेको हरि शुसिल प्राविको सेफ्टी ट्यांकीबाट शनिबार प्रहरीले बरामद गरेको थियो । मृ तक पाण्डेले घर्ती र श्रीमतीलाई रातको समयमा आफ्नै घरभित्रै बसेको देखेका थिए । घटना बाहिर आउन नदिन दुवै जनाले उनीमाथि कुटपिट गरी ह त्या गरेको बयानमा खुलेको प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेका दुवै जनामाथि थप अनुसन्धानपछि कारबाही प्रकृया अघि बढाइने प्रहरी उपरीक्षक आचार्यले बताए ।

Comments