भारत, पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा गीत गाएर पेट पाल्दै आएकी रानु मन्डल अब बलिउडकी गायिका भइसकेकी छन्। हिमेश रेशमियाको फिल्म ‘ह्याप्पी, हार्डी एन्ड हीर’ को गीत ‘तेरी मेरी कहानी’ मा स्वर दिएकी रानुको चर्चा चुलिँदो छ। युट्युबमा उनका भिडिओ लाखौंले हेरेका छन्। र, प्रशंसा पनि गरेका छन्। रेलवे स्टेशनमा ‘एक प्यारका नग्मा है’ गाउँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि रानु चर्चामा आएकी थिइन्। उनलाई धेरैले ‘रानाघाटकी लता मंगेशर’ समेत भने।

अहिले फेरि उनको अर्को भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो भिडिओमा उनी ‘एक राधा और एक मीरा’ बोलको भजन गाउँदैछन्। भिडिओमा रानुको स्वर सुनेर प्रशंसकहरूले खुब तारिफ गरेका छन्। यो भिडिओ रानु बलिउडमा आउनु अगाडिकै हो। तर पुरानै भए पनि यसले सामाजिक सञ्जालमा यसले ‘धमाल’ मच्चाएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। यो भिडिओ उनकै फ्यानपेजबाट इन्स्टाग्राम एकाउन्टबाट सेयर गरिएको हो।

Comments