काठमाडौ । मानिसलाइ दुश्मनले गरेको आक्रमण भन्दा आफ्ना आफन्तले दिएको अपमान र बेवास्ता बढि नै पीडादायी हुन्छ । यस्ता पीडा लिएर कति मानिसहरू मुस्कुराउँदै हिडिरहेका हुन्छन् भने कति मानिसहरू हाम्रै अगाडि आँशु झार्दै हिडिरहेका हुन्छन् । समाजमा यस्ता धेरै घटनाहरू हामीले हाम्रो आँखाले देखिरहेका हुन्छाै । बाटोमा हिडिरहँदा देखिएका दर्दनाक कहानीहरूले मानिसहरूको हृदयमा कति मन दुखिरहको हुन्छ, मन छियाछिया हुन्छ, आँखाबाट आँशु छरिरहन्छ ।

आज एउटा यी आमा जस्ले बाँचुञ्जेल तिनै छोरा छोरीलाइ हुर्काउन, पढाउन र बढाउनका लागि आफ्नो ज्यान बाजी राखेर दिनरात दुःख गरिन् । तर जब बुढेसकाल लागेपछि तिनै छोरीछोरीले घरबाटै निकालिदिएपछि यी आमा बाटोमा फालिएकि अवस्थामा भेटिएकि थिइन । यी आमाको लागि छोराछोरी अभिसाप नै बनेर आए । तर भन्छन् नि कोहि नहुनेको पनि भगवान साथी बनेर आउँछन् । यहाँ यस्तै भएको छ । यी आमाका लागि भगवान बनेर आइन रिमा सापकोटा (साइराम) ।

पनाैतीकाे बाटोमा पोको पन्तुरो सहित प्लास्टिक अोडेर सुतिरहेकि आमालाइ भेटेपछि रिमाले उनका छोराछोरीलाइ बोलाएर कुरा गर्न खोजिन् । एकजना छोरा आएपछि मैले आमालाइ निकालिदिएकै हो, मैले त नसकेरै छाडिदिएको हाे । अब मलाइ मतलब छैन । आमा पाल्न भन्दा बरू सजाय भोग्न तैयार छु, आमालाइ पाल्न त के क्रिया पनि बस्दिन । यदि क्रिया बस्न पर्छ भने म धर्म नै परिवर्तन गर्छु र म क्रिश्चियन पनि बन्न तैयार भैसकेको छु भनेपछि रिमा साइरामले सबैलाइ राखेर बृद्धाश्रम ल्याएकि थिइन ।

Comments