मुम्बईमा भव्यरुपमा आईफा अवार्ड कार्यक्रम भयो, जहाँ बलिउडका चर्चित कलाकारहरु उपस्थित थिए । अवार्ड नाइटमा सुपरस्टार सलमान खानले पनि इन्ट्री मारे, तर उनी एक्लै थिएनन् । उनको साथमा एक सुन्दर अभिनेत्री पनि सँगै थिइन् । अभिनेता खानले आइफा अवार्डमा कलाकार महेश मांजरेकरको छोरी सई मांजरेकरसँग इन्ट्री गरेका हुन् ।

अवार्डमा सलमान खानको साथमा भेटिएकी सई मांजरेकरको चर्चामा पनि जबरदस्त भयो । तपाईलाई यो पनि जानकारी गराउँ कि, सलमान खानले ‘दबंग–३’ मार्फत महेश मांजरेकरको छोरी सई मांजरेकरलाई लञ्च गर्दैछन् । अवार्ड समारोहमा ब्लु सुट र कालो टि–शर्टमा सलमान निकै ह्याण्डसम देखिएका छन्, भने लेहेङ्गामा सई पनि निकै सुन्दर देखिएकी छन् ।

सईले आफ्नो लुकलाई निकै सिम्पल बनाएकी थिइन् । उनले न्युड मेकअप गरेकी थिइन् । सलमान र सईले मिडियालाई पोज दिएका छन्, जुन तस्वीरहरु भाइरल बनिरहेका छन् । ‘दबंग–३’ सईको पहिलो फिल्म हो । यो फिल्ममा सोनाक्षी सिन्हा, किच्चा सुदीप पनि मुख्य भूमिकामा देखिदैछन् । जानकारी अनुसार यो फिल्ममा कलाकार महेश मांजरेकरको केमियो रोल पनि हुनेछ । मिडिया रिपोर्टका अनुसार फिल्ममा सई सेकेण्ड लिड अभिनेत्रीको रुपमा प्रस्तुत हुनेछन् ।

Comments