एजेन्सी । बलिउडका चर्चित नायक शाहरुख खानले ऐश्वर्या रायसँग जोडी बनेर काम गर्ने अबसर नपाउदा आफु अभागी भएको बताएका छन् । एउटा अवार्डमा सहभागी भएका शाहरुखले यस्तो गुनासो गरेका हुन् । शाहरुख र ऐश्वर्या निकै कम फिल्ममा संगै खेलेका छन् । शाहरुखले भने, ‘मैले जब ऐश्वर्यासँग पहिलो फिल्म पाएँ तब त्यसमा उनी मेरी बहिनी थिइन् ।

त्यसपछि मानिसहरुले ऐश्वर्या त मेरी बहिनीजस्ती देखिन्छिन् भन्न सुरु गरेको उनले बताए । देवदास फिल्ममा संगै काम गरेका उनीहरुलाई कथाले संगै हुन दिएन । विछोड हुनु परेको थियो । उनले त्यो पल सम्झदै भने, त्यसपछि जब मैले देवदासमा सँगै काम गरेँ तब उनी मबाट टाढा भइन् । यसरी हामी दुबै कहिले पनि जोडी बन्न र सँगै काम गर्न सकेनौं ।’लक्स गोल्डन रोज अवार्डस्मा शाहरुखले यस्तो गुनासो पोखेका हुन् ।

अवार्डस्मा बलिउडका चर्चित कलाकारको उपस्थिती रह्यो । वरुण धवन, शाहरुख खान, ऐश्वर्या राय बच्चन, सिद्धार्थ मल्होत्रा, आलिया भट्ट, करिना कपुर खान, करिश्मा कपुरले विशेष चर्चा रह्यो ।ऐश्वर्याले टाइमलेस ब्यूटी अवार्ड हात पारिन् र अवार्ड लिएपछि उनले हेमा मालिनी, रेखा, जिनत अमान, माधुरी दिक्षित र काजोललाई आभार व्यक्त गरिन् । ऐश्वर्याले आफ्नो कुरा राखिसकेपछि शाहरुख स्टेजमा आएर ऐश्वर्यासँग काम गर्न नपाएकोमा आफूलाई अभागी बताएका हुन् ।

Comments