एनसेलका ग्राहकले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजालिन सक्नेछन् । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ जसअन्र्तत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । यही बुधबार (असोज १) देखि लागू हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँचवटा प्लानहरू छन् । यी प्लानहरूअन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।

यस बाहेक, यी प्लानहरूअन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विशेषता भनेको प्रत्येक प्लानमा बन्डलिङ गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने सुविधा हो र ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरूका लागि विशेष रूपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् ।

ग्राकहले करसहित २५४.१० रुपैयाँमा १ जीबी डेटा भोल्युम र करसहित मात्र १.२८ रुपैयाँप्रति मिनेटमा एनसेल नेटवर्कभित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लानअन्तर्गतको डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा ग्राहकले करसहित मात्र ८९.३८ रुपैयाँमा थप १ जीबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवाको मज्जा लिन सक्नेछन् । प्लान २९९ अन्तर्गत ग्राहकले ३ जीबी डेटा भोल्युम र १.१५ रुपैयाँ प्रतिमिनेट अननेट भ्वाइस सेवा ३८१.७९ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसीमा अगाडिनै सकिएमा ग्राहकले मात्र १२७.६९ रुपैयाँमा थप २ जीबी प्याक सुचारु गर्न सक्नेछन् ।

आफ्नो आवश्यकताअनुसार ग्राहकले पाँचमध्ये कुनै पनि एक प्लान लिन सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकका लागि ६ जीबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७९९ पनि रहेका छन् । ग्राहकले ६३७.१७ रुपैयाँमा प्लान ४९९ लिन सक्छन् ।यो प्लानमा मात्र १.०२ रुपैयाँ प्रतिमिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जीबी डेटाको प्याक १९१.५४ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

त्यस्तै प्लान ७९९ अन्तर्गत १०२०.२४ रुपैयाँमा १५ जीबीका साथै ८९ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र ३८३.०७ रुपैयाँमा थप ७ जीबी डेटा भोल्युमलिन सक्नेछन् । मासिक रूपमा बढी डेटाको आवश्यकता रहेका ग्राहकहरूका लागि एनसेलले प्लान ९९९ पनि ल्याएको छ । यसअन्तर्गत ग्राहकले मात्र १२७५.६२ रुपैयाँमा २५ जीबी डेटा र मात्र ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । उक्त प्लानमा भएको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा प्लानमा रहेका ग्राहकले मात्र ५१०.७६ रुपैयाँमा थप १० जीबी डेटा खरिद गर्न सक्नेछन् । कारोबार डेलीमा खबर छ ।

Comments