काठमाडौं, २७ भदौ । हङकङमा गोर्खा सैनिक विश्वासिलो मानिन्छन् । त्यसैले अति सम्बेदनशिल क्षेत्रमा गोर्खा सैनिक परिचालन गरिएको हुन्छ । हङकङमा पछिल्लो समय रेलवे स्टेशन, विमानस्थल लगायतका क्षेत्रमा आक्रमण हुँदै आएका छन् । आन्दोलनकारीले ति क्षेत्रलाई निशाना बनाएका छन् । पहिलो पटक विमानस्थलमा गोर्खा सुरक्षाकर्मी परिचालन गरेको हङकङले अब रेलवे स्टेशनमा पनि परिचालन गर्ने निर्णय गरेको छ ।

आन्दोलनकारीले पछिल्लो समय रेलवे स्टेसनमा समेत प्रदर्शन गर्ने क्रममा तोडफोड र आगजनी गर्न थालेपछि गोर्खा सुरक्षाकर्मी परिचालन गर्न थालिएको हो । हङकङले पहिलो चरणमा बढीमा २ सय जना सुरक्षाकर्मी परिचालन गर्ने भएको हो । विहिवार देखि हङकङको रेलवे स्टेशनमा परिक्षणका रुपमा दुई सय सुरक्षाकर्मी परिचालन भएका छन् । सुरुमा करिब दुई सय गोर्खा सुरक्षाकर्मी परिचालन गर्ने योजना अन्तर्गत बिहिबार परिक्षणका रुपमा केही नेपाली रेल स्टेसनहरुमा तैनाथ भएका छन्। हङकङको रेलवे स्टेसनमा पनि पहिलो पटक गोर्खा सुरक्षाकर्मी परिचालन गरेको हो ।

आन्दोलनकारीले प्रदर्शनको निशाना हढकङ अन्तर्राष्ट्रिय विमानस्थललाई बनाएपछि त्यहाँ आवागमन व्यवस्थित गर्न एक महिनाअघिबाट नेपाली गोर्खा सुरक्षाकर्मी परिचालन गरिएको थियो। विमानस्थलमा पहिलो पटक करिब सय जना गोर्खा सुरक्षाकर्मी परिचालन भएका हुन्। हङकङमा स्थायी रुपमा बसोवास गर्दै आएका नेपाली गोर्खा सुरक्षाकर्मीका रुपमा कार्यरत छन् ।

Comments