काठमाडौं, २६ भदौ । नेपाली कांग्रेस बाँकेले आफ्नो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले आ क्रमण गरेको आरोप लगाएको छ । दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत खजुरा गाउँपालिका–२ सितापुरमा आयोजित कार्यक्रममा हल भित्रै प्रवेश गरेर नेकपाका कार्यकर्ताले आ क्रमण गरेको कांग्रेसले जनाएको छ । आ क्रमणमा परी कांग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँ चिएको कांग्रेसले जनाएको छ । कांग्रेसले नेपालगन्जमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । नेकपाका कार्यकर्ताको आ क्रमणवाट अन्य कार्यकर्ता सामान्य घा इते भएको कांग्रेसद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

जनजागरण कार्यक्रमलाई पार्टीका केन्द्रिय प्रतिनिधी विद्याप्रसाद खनालले सम्बोधन गरिरहेका बेला करिव ४, ५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाले आ क्रमण गरेको कांग्रेसले जनाएको छ । आ क्रमणमा उत्रिएका युवालाई आफुले सम्झाउन खोज्दा उल्टै ह मला गरेको बताइन् । कार्यक्रममै आ क्रमण हुँदा पनि सुरक्षाका लागि खटिएका प्रहरी समेत मुकदर्शक बनेको कांग्रेसको आरोप छ । सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई खबर गर्दा पनि निकै ढिलो प्रहरी पठाएको पत्रकार सम्मेलनमा कोइरालाले बताइन् । नेकपाको पार्टी योजनावाटै आफुहरु माथि आ क्रमण भएको कोइरालालको आरोप छ ।

वर्तमान सरकार र उसको पार्टी नेकपाले नियोजित रुपमा जनजागरण अभियानमाथी आ क्रमण गरेको बाँके कांग्रेसको ठहर छ। जनजागरण अभियानमा प्रतिनिधी भएर आएका कांग्रेस नेता बिद्याप्रसाद खनालले राज्य सत्ताकै राज्य सत्ताकै संलग्नतामा आ क्रमण भएको आरोप लगाए । बताए। यसैबीच नेपाली कांग्रेस बाँकेले एक विज्ञप्ती जारी गरी आ क्रमणमा संलग्न दोषी उपर का रबाही नभए पार्टीले कडा भन्दा कडा आ न्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। जिल्ला सभापति कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तीमा आ क्रमण गर्ने ब्यक्तिलाई तत्काल प क्राउ गरी कडा भन्दा कडा कार बाही गर्न तथा नेता र कार्यकर्ताको जिउधनको रक्षा गर्न सरकारसँग माग गरिएको छ।

Comments