काठमाडौं, २६ भदौ । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतको आदेश विरुद्ध रवि लामिछाने र उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदनमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । रवि लामिछाने र पत्रकार युवराज कँडेलको तर्फका कानुन व्यवसायीले दिएको निवेदनको आज सुनुवाई हुने भनिएको थियो । उच्च अदालत पाटनको‚ हेटौँडा इजलासमा हुने सुनुवाइ स्थगित भएको हो । बिहान ११ बजे न्यायाधीश चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशमा मु८द्दाको सुनुवाइ हुने तय भएको थियो ।

तर, लामिछाने र कँडेलका तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीले स्थगन गर्न निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो । र्को पेशी आउँदो बिहीबारका लागि तोकिएको उच्च अदालतका रष्जिट्रार विकास श्रेष्ठले जानकारी दिएका छन् । चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका प्रस्तोता लामिछाने र पत्रकार कँडेल आफूहरु साधारण तारेखमा रिहा हुनुपर्ने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत पाटनको‚ हेटौँडा इजलासमा आएका थिए ।

त्यस्तै‚ धरौटीमा रिहा भएका लामिछाने र कँडेल तथा साधारण तारेखमा रिहा भएकी रुकु भनिने अस्मिता कार्कीलाई थु८नामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै चितवन जिल्ला अदालतको आदेश विरुद्ध उच्च सरकारी वकिलको कार्यालयले सोमबार अर्को निवेदन दिएको थियो ।

Comments