काठमाडौं । फिलिपिन्समा मोडलिगं गर्ने एक युवती नेपाली युवाको प्रेममा परेर विवाह गरेकी छन् । उनी अब नेपालमै मोडलिगं गर्ने सोँचमा छन् । उनले नेपाली युवकसंग विवाह गरिन् उनीहरुको एउटा बच्चा पनि छ । दुवै जनाले एक अर्काको भाषा राम्रोसंग बुझ्न सक्दैनन् । नेपालको उज्जवल रिमालसंगको प्रेममा परेकी मेन्सी अहिले नेपालमा छन् । उनले विवाह गरिन् र अहिले उनीहरुको एउटा बच्चा पनि छ ।

उनीहरु गल्फमा भेट भए । एक वर्ष उनीहरु त्यहीँ बसे । त्यसपछि तीन वर्ष देखि उनीहरु नेपालमा छन् । गल्फमा एउटा होटलमा काम गर्दा उनीहरुबीच प्रेम बस्यो । त्यसपछि उनीहरु त्यहाँ एक वर्ष संगै प्रेमी प्रेमीकाको रुपमा बसे । अहिले नेपाल आएका छन् । सुरुमा उनी आफु मात्र नेपाल आए उनी फिलिपिन्स गइन् । कतारवाट नेपाल आएका उनी फेरी फिलिपिन्स गए । बच्चा पनि फिलिपिन्समा नै जन्मिए । युवकको मुख्य घर झापाका हुन् ।

अहिले उनी नेपाली सिक्दै छन् । घरमा पनि श्रीमान नहुँदा उनलाई निकै गाह्रो छ । नेपाली भाषा र ब्यवहार नबुझ्दा सम्म उनीहरु काठमाडौंमै बस्ने योजनामा छन् । त्यसपछि मात्र घर जाने उनीहरुको योजना छ । परिवारसंग बस्ने वातावरण बनाउन उज्जवलले उनलाई काठमाडौंमै राखेको बताएका छन् । मेन्सीले आफुलाई अहिले नेपाली भाषा बुझ्न र त्यसै अनुसार कुराकान िगर्न समस्या भएको बताएकी छन् । तर उनलाई नेपाल र नेपाली खाना भने निकै मन पर्छ । नेपालीहरुको ब्यवहारले उनलाई मोहित बनाएको छ । उनी भिडियोमा बोलिरहँदा उनको बच्चा भने ममी भन्दै बोलिरहेको थियो । उनीहरुले आफ्नो बच्चालाई नेपाली सिकाउन लागेका छन् । बच्चा बोल्दा अँग्रेजीमा बोल्ने भएपनि नेपाली पनि बुझ्ने गरेको छ ।

Comments