काठमाडौं, २६ भदौ । दशैँमा काठमाडौंवाट घर जाने यात्रुका लागि आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा व्यवसायी र ट्राफिक प्रहरीसँग बिहीबार बसेको बैठकले टिकट बुकिगं खुल्ला गर्ने मिति तय गरेको हो । सहमति अनुसार असोज ५ गतेदेखि अग्रिम टिक बुकिङ खुला हुनेछ ।

असोज ५ गतेदेखि यात्रुहरुले अग्रिम टिकट का ट्न पाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । दशैंमा यात्रुको चा प बढी हुनाले अहिलेसम्म २ सय ५० बस समेत थपिएको उनले जानकारी दिए । व्यवसायीहरुले लामो समयदेखि दशैं अगाडि सार्वजनिक यातायातको भाडा बढाउने माग राख्दै आए पनि तत्कालका लागि भने भाडा नबढ्ने भएको छ । तर छठपछि भने कार्यदल नै गठन गरेर वैज्ञानिक भाडा दर लागू गर्ने सहमति भएको भएको छ ।

यो पनि समाचार, गुल्मीमा तीन वर्षपछि जिल्लाभित्रका ग्रामीण सडकहरुको भाडादर समायोजन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायीहरु र सरोवारवाला सङ्घ संस्थाहरुको बैठकले बिहीबारदेखि लागू हुनेगरी नयाँ भाडादर समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

यातायात व्यवासायी समितिहरुले यही भदौ ५ गते समायोजन गर्ने भनिएको नयाँ भाडादर अव्यावहारिक भएको गुनासो गरेपछि प्रशासनले सरोकारवालाहरु बीच पुनः बैठक बोलाइ छलफल गरेपछि व्यवसायीहरुले नयाँ भाडादर समायोजन कायम गर्ने कुरामा प्रतिबद्धता जनाएका थिए । नयाँ समायोजन गरिएको भाडादरअनुसार पक्की सडकहरुमा जीप, हायस र डिलक्स बसलाई अन्य सवारी साधनहरुले भन्दा २० प्रतिशत भाडा बढी लिन पाउने छन् ।

गुल्मी यातायात व्यवसायी समितिका अध्यक्ष रूपकलाल श्रेष्ठले यातायात व्यवसायी र जिल्ला प्रशासन कार्यालयबीच भाडादर सामायोजन गर्ने कुरामा सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयनका लागि व्यवसायी समितिका पदाधिकारीहरुसँग पनि छलफल गरिने बताउनुभयो । दुई पक्षसहित सरोकारवाला सङ्घ संस्थाहरुको रोहवरमा समायोजन गरिएको नयाँ भाडादरअनुसार जीप, हायस र डिलक्स बसको हकमा पक्की सडकमा प्रतिकिलोमिटर तीन रुपैयाँ ६२ पैसा कायम गरिएको छ । त्यसैगरी ग्रामीण कच्ची सडकहरुमा जीप र हायसको प्रतिकिलोमिटर सात रुपैयाँ २५ पैसा कायम गरिएको छ । ग्राभेल सडकहरुमा प्रतिकिलोमिटर ६ रुपैयाँ कायम गरिएको छ ।

बस र मिनिबसको भाडा ग्राभेल सडकमा प्रतिकिलोमिटर पाँच रुपैयाँ र पक्की सडकमा तीन रुपैयाँ दुई पैसा कायम गरिएको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । तीन वर्षअघि विसं २०७३ मा कायम गरिएको भाडादरअनुसार जीपको हकमा नौ रुपैयाँ र बसको हकमा सात रुपैयाँ २५ पैसा कायम गरिएको थियो ।

जिल्लामा सडक संरचानाहरु राम्रो बन्दै गएको अवस्थामा पनि लामो समयसम्म भाडादर समायोजन नहुँदा यहाँका मानिसहरुले सवारी साधनहरुमा यात्रा गर्दा च र्को भाडा तिर्न बाध्य बन्दै आएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले नयाँ भाडादर समायोजन गर्न गरेको पहल निकै सराहनीय भएको र यसबाट यात्रुहरु निकै खुसी बनेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए । गुल्मी जिल्लामा अहिले १०८ ग्रामीण सडकहरुमा नियमितरूपमा यातायात सेवा सञ्चालन हुँदै आइरहेको छ ।

Comments