काठमाडौं, २६ भदौ । बुधवार बिमाकुमारी दुराले चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको एउटा युट्युव च्यानलमा कुराकानीका क्रममा निकै प्रशंसा गरिन् । उनले गरेको कामको प्रंशंसा गर्दा उनले ब्याग्यात्मक ढंगले बोलेकी थिइन् । उनले बोलेको कुराहरुलाई लिएर ब्याग्यात्मक ढंगले नै प्रस्तुत गरिएको थियो । त्यो भिडियो र समाचार राम्रोसंग नहेरी रविका समर्थकले उनको निकै चर्को आलोचना गरे । उनलाई निकै निकृष्ठ ढंगले गा लीगलौज समेत गरेका छन् । समाचार र भिडियो नहेरेर गरेको कमेन्टलाई पनि दुराले आफुले सकारात्मक रुपमा लिएको बताइन् ।

उनले एउटा मृगौला पीडित महिलालाई गरेको सहयोगको लागि गरिएको कार्यक्रममा सोधिएको प्रश्नमा प्रशंगवस उनले सो कुरा उल्ल्ेख गरेकी थिइन् । तर उनले रविको बारेमा सकारात्मक कुरा नै गरेकी थिइन् । उनले भिडियोमा भनेकी थिइन् मुलुकमा अहिले निकै वेथिती भइरहेको बेलामा रविले राम्रो काम गर्दा गर्दै पनि उनलाई समस्यामा पारिएको बताएकी थिइन् । त्यसैले उनले मुलुकको यस्तो अवस्थाका कारण अहिले चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पनि गलत सावित भएको ब्याग्यात्मक धारणा राखेकी थिइन् । । उनले भनिन्, ‘रवि लामिछाने धेरै गलत छ । कसरी भन्न त उनले प्रतिप्रश्न गर्दै भनिन् देशमा कसले गलत काम गर्यो ? कसले कति खायो भन्दै सबैलाई झ्याप(झ्याप समातिरहेको छ रवि लामिछानेले । त्यसैले राज्यका लागि उ गलत छ ।’

उनले रविको गरेका कामको प्रशंसा गर्दै अभिब्यक्ति दिएकी हुन् । तर समाचारको शिर्षक ब्याग्यात्मक राखिएका कारण सो शिर्षक हेरेकै भरमा रवि लामिछानेका समर्थकले अहिले सामाजिक सञ्जालमा दुराको आलोचना गरेका गरे । उनले रवि लामिछानेका विषयमा अझै केही दिन नबोल्ने समेत बताइन् । उनले आफु कलाकार भन्दा पनि गाउँको एउटा चेली र यो मुलुकको नागरिक हो । म कलाकार हुँ भन्ने के प्रमाण छ उनले फेरी प्रतिप्रश्न गरिन् ।

Comments