रौतहट , २६ भदौ । रौतहटमा मुस्लिम समुदायको मुहरर्म पर्व मनाउने क्रममा हिन्दु युवाहरुले झण्डा गाडेपछि विवाद र्सिजना भएको छ । राजपुर नगरपालिका ८ कुडिआमा भएको विवादलाई नि यन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रु ग्यास र ८ राउण्ड हवाइ फा यर गरेको छ । मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठ घाटमा झण्डा गाडेपछि वि वाद सुरु भएको हो ।

बिहीबार बिहान झण्डा हटाउने विषयमा सर्वपक्षीय सहमति जुटेपछि प्रहरीले झण्डा हटाएकोमा केही मुस्लिम युवाको समूहले फेरि झण्डा गाड्न थालेपछि त नाव सिर्जना भएको हो । प्रहरीले विहिवार पनि स्थितिलाई नियन्त्रणमा लिन अश्रु ग्यास र हवाई फा यर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए । सो क्रममा केही व्यक्तिहरु घा इते भएको बताइएको छ ।

यही वि वादमा बुधबार साँझ पनि झ पड हुँदा स्थितिलाई निय न्त्रणमा लिन प्रहरीले ८ सेल अश्रु ग्यास सहित २९ राउन्ड हवाई फा यर गरेको थियो । प्रत्येक वर्ष सो ठाउँमा मुस्लिमहरुको पर्व मुहरर्म र हिन्दुहरुको पर्व झण्डी मनाउने क्रममा झ डप हुँदै आएको छ । हाल सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । राजपुर नगरपालिका भारतीय सिमानासँग जोडिएकोले पनि त्यहाँको अवस्था बढी तना वग्रस्त हुने गर्दछ ।

Comments