काठमाडौं, २६ भदौ । चितवन मेडिकल कलेज भित्र आ न्दोलन गर्न लागेको भन्दै प क्राउ परेको नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित सात जना विद्यार्थी आज छुटेका छन् । चितवन प्रहरीले प्रकाश चन्दसहित निय न्त्रणमा रहेका सात जना विद्यार्थीलाई नै छाडेको हो । यसअघि प क्राउ परेका मध्ये ९ जना हिजो (बुधबार) साँझ नै छाडिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो ।

शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई प क्राउ गरिएको थियो । पक्राउ परेका उनीहरुमध्ये नौलाई राति ९ बजे र अन्यलाई राति ११ बजे छाडिएको उनले जानकारी दिए । स्वास्थ्य संस्थामा सेवाग्राहीलाई प्रभाव पार्नेखालका काम नगर्ने, आन्दोलनका क्रममा कसैलाई तल्लोस्तरको गालीगलौज नगर्ने प्रतिबद्धतापछि उनीहरुलाई तारेखमा छाडिएको प्रवक्ता कोइरालाले जनाकारी दिए ।

Comments