काठमाडौं । रुपा मगर र कृष्ण वली केही समयदेखि यूट्यूबमा ‘भाइरल’ छन् । विद्युत प्राविधिक कृष्ण र रुपा मगरबीच अन्तरजातीय विवाह भएको थियो । एक फिल्मको छायांकनका क्रममा देखभेट भइरहँदा कृष्ण र रुपाको मन साटियो । उनीहरुले बिहे गरे । तर, राम्ररी दाम्पत्य सुखभोग गर्न नपाउँदै कृष्ण वली जीवन–मरणको दोसाँधमा पुगे, विद्युतीय झट्का लागेर ।

अनेक उपचारपछि उनको प्राण जोगियो । तर, दुई हात र एउटा खुट्टा जोगिएन । उनी शारीरिक रुपले अशक्त भए । यहि मोडमा आइपुगेपछि हो, रुपा र कृष्णवीचको स्वच्छ माया–प्रेम दुनियासामू पुगेको । अशक्त श्रीमानप्रति रुपाको त्याग र समर्पण वास्तवमै अनुकरणीय थियो । उनीहरुको प्रेम–गाथा सर्वत्र फैलियो । अन्ततः देश–विदेशका मनकारी नेपालीले कृष्ण र रुपाको अनुहारमा खुसी देख्न चाहे । उनीहरुले स्वतस्फूर्त आर्थिक सहयोग जुटाइदिए । अहिले यो जोडीको अनुहारमा मुस्कान पmर्किएको छ । कृष्ण कृत्रिम हात खुट्टाको सहारामा जीवन बाँच्ने आशामा छन् ।

देश र विदेशवाट आएको आर्थिक सहयोगले अहिले कृष्णको कृतिम हात खुट्टा लागेको छ । भर्खरै विहिवार उनी भारतवाट कृतिम हात लगाएर नेपाल फर्किएका छन् । लामो समय देखि अरुको सहारामा रहेका कृष्ण विमानस्थलमा आफै हिडेर बाहिर निस्केका थिए । उनका दुवै हात देखिन्थे । विपतको बेलामा पनि कृष्णको साथ नछोडेकी रुपमा अहिले कृष्णको कृतिम हात खुट्टा लागेपछि निकै खुसी देखिएकी छन् । विमानस्थलवाट बाहिर निस्कँदै गर्दा कृष्णले केही प्रतिकृया पनि दिएका छन् ।

Comments