काठमाडौं, २६ भदौ । गृहमन्त्री रामबहादुर थापाका भाइ नै अप राधिक घ टनामा संलग्न भएको पाइएको छ । उनी अहिले प्रहरी हिरा सतमा छन्। निर्माण व्यवसायी शरदकुमार गौचन ह त्यामा जे लमा रहेका गु न्डा नाइके समीरमानसिंह बस्नेतको सम्पर्कमा रहेर विभिन्न ब्यवसायीलाई ध म्क्याएको देखिएपछि उनी अनुसन्धानका लागि प्रहरी हि रासतमा पुगेका हुन् ।

समीरमानले कारागारभित्रैवाट अप राधिक काम गरिरहेको प्रहरीको अनुसन्धानवाट देखिएको थियो । अनुसन्धानका क्रममा प क्राउ परेका दुई जनाले दिएको बयानका आधारमा गृहमन्त्रीका भाई नै परेका हुन् । प्रहरीले गुन्डा नाइके बस्नेतको समुहसंग मिलेर ठेकेदारलाई ध म्क्याएको आरोपमा मुद्दा अघि बढाएको थाहा पाएपछि थापा आफैं प्रहरीको सम्पर्कमा आएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार निर्माण व्यवसायीलाई फोन गरेर ‘पैसा नदिए जे पनि हुने’ भन्दै उनले ध म्की दिएका थिए । जेल भित्र रहेका बस्नेतलाई अप राधिक काममा सघाउन गृहमन्त्रीकै भाई देखिएपछि उनलाई प्रहरीले मुद्दा अघि बढाएको छ । उनीमाथि आप राधिक लाभ लिने प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मु द्दा दायर गरिएको ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले जानकारी दिएका छन् ।

प्रहरी हिरा सतमा रहेका थापासंग दुई दिन देखि बयान जारी छ । ‘उनी तीन दिन अघि प्रहरीको सम्पर्कमा आएका थिए । ब्युरोले सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि उनी आफैं अदालतमा बयान दिन आएका हुन्, अहिले हिरास तलिइएको छ,’ शाहीले भने। दुई वा दुईभन्दा बढी व्यक्ति व्यक्तिको संलग्नतामा अप राध भएको देखिए प्रहरीले संगठित अप राधमा मुद्दा अदालत लैजाने गरेको छ। विभिन्न २५ जना ठेकेदारलाई ध म्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगे पछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा ब्युरोले एक महिनाअघि पवन खड्का र सुरेन नगरकोटीलाई राजधानीबाट प क्राउ गरेको थियो। उनीहरुले बयानका क्रममा गृहमन्त्रीका भाई पनि संलग्न भएको बताएपछि उनी माथि पनि छानविन सुरु भएको हो । गुन्डा नाइके समीरमानसिंह बस्नेत दुई वर्षअघि निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष गौचन ह त्यामा केन्द्रीय कारागार सुन्धारामा छन्। गृहमन्त्रीका भाइ नरेशले तिनैसँग मिलेर ठेकेदारलाई ध म्क्याएको प्रहरीको भनाइ छ।

Comments