गत शुक्रबार बिहान १५ वर्षीया किशोरी मुस्कान खातुनमाथि ए’सिड प्रहार भएको थियो। उनीमाथि दुई युवकले ए’सिड प्रहार गरी फरार भएका थिए। ए’सिड प्रहार गर्ने छपकैया टोलकै सम्साद मिया मक्सेद आलमलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

घाइते मुस्कानको हालै किर्तिपुर अस्पतालमा उपचार भईरहेको छ। ए’सिड प्रहारबाट उनको मुख, हात, छाती पाखुरामा गम्भिर चोट लागेको छ। मुस्कानका बाबुले ए’सिड प्रहार गर्ने व्यक्ति छिमेकी नै रहेको बताए। उनले भने, ‘सम्सादले ६ महिना अगाडि देखि मुस्कानलाई पछ्याइरहेका थिए। स्कुल जाँदा-आउँदा आफूलाई जहिल्यै जिस्काउने गरेको मुस्कानले आमालाई बताएपछि मैले आफै भेटेर सम्झाएको थिए।’

उनले घटनाको बारे बताउँदै भने, ‘सम्साद र उनको साथीले छोरी स्कुल जाँदा बीचबाटो मै रोके र उनलाई झुक्काएर ए’सिड हालिएको पानी खान लगाए। मुस्कानले खान नमानेपछि त्यही पानी अनुहारमा छ्यापेर हालेर भागेका थिए।’

उनले ए’सिड प्रहार गर्ने व्यक्तिलाई राज्यले कडा भन्दा कडा सजाय दिलाउनुपर्ने बताए। ‘जुन घटना मेरो छोरीको घट्यो त्यस्तो कसैको जीवनमा पनि नघटोस।’ ,उनले भने। उनले मुस्कानको उपचारमा प्रदेश नम्बर दुइको सरकारले सबै खर्च बेहोर्ने प्रतिबद्धता जनाइसकेको छ  ।

हेर्नुहोस भिडियो :

Comments