अमेरिकी यु द्ध विमानहरुले इस्लामिक स्टेट समूह९आई९एस०को गढ मानिएको इराकी द्वीपमा ३६ हजार किलोग्राम (४० टन) ब म खसालेको छ । अमेरिकी नेतृत्व गठबन्धनले टिग्रिसको क्युनस द्वीपमा लेजर–निर्देशित ‘एफ–१५’ र एफ ३५ युद्धक विमान प्रयोग गरी ब म खसालेको विदेशी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ । राजधानी बगदादबाट उत्तरमा पर्ने सलाहेद्दिनको मध्य प्रान्तस्थित उक्त द्वीप सन् २०१७ मा आईएसले आफ्नो कब्जामा लिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

अमेरिकी सेनाबिरुद्ध ल डाई जारी राख्ने तालिबानको चेतावनी

तालिबान ल डाकू समूहले अफगानिस्तानमा अमेरिकी सेनाबिरुद्धको ल डाई जारी राख्ने चेतावनी दिएको छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत ता लिबानसँगको शान्ति वार्ता “मृ ततुल्य“ भएको बताएपछि ता लिबानको सो भनाई आएको हो । ता लिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा ता लिबानको क ब्जा अन्त्य गर्ने दुई तरिकाहरु भएका जिहाद लडाई र अर्को वार्ता भएको एएफपी समाचार समितिलाई बताएका छन् ।
‘यदि ट्रम्प वार्ता रोक्न चाहन्छन् भने हामी पहिलो तरिका अपनाउँछौं र उनीहरूले चाँडै नै पश्चाताप गर्नेछन्’ मुजाहिदले बताएका छन् ।

ता लिबानको उक्त विज्ञप्ति १८ वर्ष भन्दा बढी समयदेखि जारी अफगान युद्ध को अन्त्यका लागि हुने वार्ता अमेरिकी राष्ट्रपतिले रद्द गर्नु भएपछि आएको हो ।ट्रम्पले शनिबार ट्वीटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र ता लिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठकहरु रद्द भएको घोषणा गर्नु भएको थियो ।ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अ फगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता “मृ ततुल्य“ भएको बताउनु भएको थियो ।

ता लिबानसँग वार्ताको औचित्य छैन– ट्रम्प

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत ता लिबानसँगको शान्ति वार्ता “मृ ततुल्य“ भएको बताउनु भएको छ । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले अब वार्ताको तत्काल सम्भावना छैन भन्नुभयो ।संयुक्तराज्य अमेरिका र ता लिबानबीचको वार्ता सम्झौतानजिक पुगेका खबरहरु दुबैतर्फबाट सार्वजनिक भइरहेका थिए । तर गत साता काबुलमा अमेरिकी दूतावासनजिकै भएको कारब म आ क्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृ त्यु भएपछि ट्रम्पले वार्ता रद्द गरेको गर्नु भएको थियो ।

राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा यु द्धरत ता लिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक पनि एकाएक स्थगित गर्नुभएको थियो ।यस आ क्रमणपछि ट्रम्पले शनिबार ट्वीटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठकहरु रद्द भएको घोषणा गर्नु भएको थियो ।

तालिबानीले वार्ताको टेबुलमा फाइदा उठाउन खोजेको आरोप लगाउनु हुँदै यसको अमेरिकाले बदला लिने संकेत समेत उहाँले दिनु भएको छ ।वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको बताइएको छ ।हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ ।

संयुक्तराज्य अमेरिकाले अल–कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आ तंकवादी ह मला गरेलगत्तै अफगानिस्तानमा आ क्रमण गरी सेना पठाएको थियो । अफगानिस्तानमा तत्कालीन ता लिबानी सरकारले अलका यदालाई आश्रय दिएको अमेरिकी आरोप थियो ।

ट्रम्प प्रशासनले हाल अफगानिस्तानमा अमेरिकी सैनिक संलग्नता अन्त्य गर्न चाहेको छ । यसै सिलसिलामा सन् २०१८ देखि ता लिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादको नेतृत्वमा वार्ता जारी छ ।अमेरिका र ता लिबानबीच हुने भनिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेना चरणबद्धरुपमा फिर्ता हुने, अफगानिस्तानलाई जिहादीहरुको सुरक्षित आश्रयस्थल बन्न नदिइने, अफगानिस्तान सरकारसँग वार्ता गर्ने तथा अन्ततः यु द्धविराम गर्ने बुँदा रहेको बताइएको थियो ।पछिल्लो समय ता लिबान समूहले राजधानी काबुल सहित देशका प्रमुख शहरमा आ क्रमणलाई तिब्र बनाएको छ ।

इराकी सिया प्रार्थनास्थलमा भा गदौड मच्चिँदा ३१ को मृ त्यु

बग्दाद-  इराकी शहर कार्बालामा मङ्गलबार सिया मुसलमानहरूको प्रार्थनास्थलमा एक्कासी भा गदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृ त्यु भएको इराकी अधिकारीले जनाएका छन् । उक्त घटनामा भा गदौडका क्रममा कम्तीमा १०० जना घाइते भएका पनि बताइएको छ ।“सिया समुदायको पवित्र पर्व असुरालाई मनाउन इराकको राजधानी बग्दादबाट करिब १०० किलोमिटरमा रहेको धार्मिकस्थलमा भेला भएका समय एक्कासी भएको भा गदौडका कारण ३१ जनाको मृ त्यु भएको छ भने कम्तीमा १०० जना घाइते भएका प्रारम्भिक जानकारी आएको छ,” इराकी प्रहरीलाई उद्धृत गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैयफ अल–बादरले बताउनुभयो ।

घटनास्थलबाट केही धर्माबलम्वीहरूलाई ग म्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाइएको प्रहरीले बताएको जनाउँदै घटनामा मृ त्यु हुनेको सङ्ख्या केही बढ्नसक्ने उहाँले बताउनुभयो ।कार्बालामा रहेको सिया मुसलमानको उक्त पवित्रस्थलमा हरेक बर्ष कसुरा पर्वका दिन आराधनाका लागि लाखौँ धर्माबलम्वी पुग्ने गर्छन् । कसुरा पैगम्बर मोहम्मदका नाती हुसैनको मृ त्युको सम्झनामा गरिने प्रार्थनासभा हो ।

Comments