काठमाडौं, २५ भदौ । लोक गायक भगवान भण्डारी यतिबेला नेपाल आएका छन् । उनीसंगै एउटा कार्यक्रममा गायीका विमाकुमारी दुरा पनि देखिइन् । श्रीमान बेपत्ता भएको र माइतीले पनि सहयोग नगरेकी एक महिला जसको नाम विन्दु विसी हो । उनको दुवै मृगौला फेल भएको छ । उनको उपचारमा सहयोग जुटाउन सकृय दुरा भण्डारीसंगै कार्यक्रममा सहभागी भएकी थिइन् । सो कार्यक्रममा उनले पीडित महिलालाई सहयोग गर्न अपिल पनि गरिन् । सोही कार्यक्रममा एउटा युट्युव च्यानलका प्रस्तोताले दुरासंग रवि कुराकानी गरेका छन् । कुराकानीका गायीका दुराले संसारमा सबैभन्दा सुखी नेपाल र भारतका नागरिक भएको बताइन् । तर विदेशमा बस्ने नेपाली भने निकै अप्ठेरोमा काम गरिरहेको आफुले देखेको बताएकी छन् ।

उनले विदेशमा बस्ने नेपालीहरुले एक घण्टा काम गर्न नसक्दा साँझ चुलो बाल्न नपाउने भन्दै नेपालमा भने एक जनाको कमाईले पुरा परिवार पाल्न सकिने उल्लेख गरिन् । त्यसरी दुख गरेर कमाएको रकम नेपालमा विपतमा परेकाहरुलाई सहयोग गर्न पठाउने गरेको उनले उल्लेख गरेकी छन् । उनले भारतमा पनि न्ेपालको त्यस्तै कल्चर भएको बताइन् । गायीका दुराले नेपालमा सरकार उदासिन भएको भन्दै निकै गुनासो गरिन् । विपत्तीमा परेकाहरुलाई आफुले सहयोग गर्न चाँहदा पनि नपाएको बताउँदै सरकारले आफु पनि नगर्ने र गर्न चाहनेलाई पनि वातावरण नबनाउने भन्दै गुनासो गरेकी छन् ।

मुलुकको यस्तो अवस्थाका कारण अहिले चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पनि गलत सावित भएको बताइन् । उनले भनिन्, रवि लामिछाने धेरै गलत छ । कसरी भन्न त उनले प्रतिप्रश्न गर्दै भनिन् देशमा कसले गलत काम गर्यो ? कसले कति खायो भन्दै सबैलाई झ्याप(झ्याप समातिरहेको छ रवि लामिछानेले । त्यसैले राज्यका लागि उ गलत छ । उनले रविको गरेका कामको प्रशंसा गर्दै अभिब्यक्ति दिएकी हुन् ।

तर समाचारको शिर्षक ब्याग्यात्मक राखिएका कारण सो शिर्षक हेरेकै भरमा रवि लामिछानेका समर्थकले अहिले सामाजिक सञ्जालमा दुराको आलोचना गरेका छन् । उनले रवि लामिछानेका विषयमा अझै केही दिन नबोल्ने समेत बताइन् । उनले आफु कलाकार भन्दा पनि गाउँको एउटा चेली र यो मुलुकको नागरिक हो । म कलाकार हुँ भन्ने के प्रमाण छ उनले फेरी प्रतिप्रश्न गरिन् । भिडियोमा दुराले रविका बारेमा यस्तो भनेकी छन् । जुन तलको भिडियो लिंकमा हेर्न र सुन्न सकिन्छ ।

Comments