भारतीय सेनाले देशको दक्षिणी राज्यमा आ’तंकवादी वा पाकिस्तानी कमाण्डो घुसेको आशंका गरेको छ । दक्षिणी कमानका कमाण्डिङ अफिसर लेफ्टिनेन्ट जनरल एस के सैनीले आ’तंकवादी आ क्रमणको सूचना आफूहरुलाई मिलेको दाबी गरेका छन् । गुजरात नजिकै समुन्द्रमा भारत र पाकिस्तानको सीमा क्षेत्रमा केही संकाश्पद डुंगा भेटिएको छ । आ तंकवादी डुंगा भेटिएको ठाउँमा केहीबेर रोकिएका थिए कि थिएनन् भन्ने पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ । केरलाका डीजीपी लोकनाथ बेहराले राज्यका सबै जिल्लामा अलर्ट जारी गरिएको बताएका भारतीय संचारमाध्यामले जनाएका छन् ।

पाकिस्तानी सेनाले अगस्टमा गुजरात नजिकै सर क्रिक क्षेत्रमा एसएसजी कमाण्डो तैनाथ गरेको थियो । जासुसी संस्थाले ३० अगस्टमा आ तंककारी र पाकिस्तानी कमाण्डो समुन्द्री मार्ग हुँदै गुजरातमा घुसपैठ गर्नसक्ने भन्दै सचेत गराएको थियो । भारत र पाकिस्तानबीच कश्मीर मुद्दामा विवाद यथावत छ ।

यो पनि पढ्नुहोस : प्लाष्टिक प्रतिबन्ध गर्न मोदीको जोड

नयाँ दिल्ली –  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक पटक मात्रै प्रयोग हुने प्लाष्टिकजन्य सामग्रीहरूलाई प्रतिबन्ध लगाउन जोड दिनुभएको छ । भारतमा देशभरी र विश्वभरी नै आगामी दिनमा यस्ता प्लाष्टिकजन्य सामग्रीहरुको प्रतिबन्ध लगाउने व्यवस्था गर्न आवश्यक भएको उहाँले बताउनुभयो । नयाँ दिल्ली नजिकै आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जमिनका लागि प्लाष्टिक अत्यन्त घातक चिज भएकोमा जोड दिनुभयो ।

प्लाष्टिक नियन्त्रणको प्रयास अहिले देखि नै शुरु नगरेमा भविश्यमा यस्ले ठूलो समस्या निम्त्याउने प्रधानमन्त्री मोदीको भनाई थियो । “प्लाष्टिकको प्रयोग गर्दै फाल्दै गर्नुको अर्थ हाम्रो स्वास्थ्यलाई पनि असर पार्दै जानु हो, एक पटक प्रयोग गर्दै प्लाष्टिक फाल्दै गर्दा हाम्रो स्वास्थ्य, जमिन, कृषिलगायत धेरैतिर असर परेको हुन्छ,” मोदीले भन्नुभयो ।

उहाँले विकास निर्माणका कामहरु गर्दा पनि वातावरणमैत्री गराउनु पर्नेमा जोड दिनुभयो । प्रयोग भएका वा प्रयोग गर्नै पर्ने प्लाष्टिकजन्य सामग्रीहरुलाई पनि हानिरहित हुनेगरी व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ । “प्रधानमन्त्री मोदीले एक पटक प्रयोग गरेर फालिने प्लाष्टिकलाई संसारबाट विदाई गर्ने वेला आइसकेको छ,” उहाँले भन्नुभयो ।

Comments