चितवन । सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको ।चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको थियो । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् ।


सो क्रममा अन्य दुईजना भिडियो खिच्नेलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ ।

यो पनि पढ्नुहोस : देश अध्यक्ष दाहाललाई पितृशोक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाललाई पि तृशोक परेको छ । उहाँका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गएराति आफ्नै निवासमा निधन भएको हो ।

भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा उहाँको निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ठूलोबुबासमेत रहनुभएका दाहाल चितवनमा कास्कीबाट विसं २०१९ मा बसाइँ सरेर आउनुभएको थियो । दाहाल विसं २०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।

नेकपाका प्रदेश अध्यक्ष दाहालसहित उहाँका चार छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाका अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम रहेको छ । उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

Comments