झापा , दमक । सल्यानको मेलघारीका एक १५ वर्षे किशोरले हावाबाट बिजुली बाल्ने ,पानि जहाज , बम लगायत अन्य धेरै सामानहरु बनाएका छन् । बिजय राना नाम गरेका यि बालकलाई गाउँलेहरुले बाल बैज्ञानिक भनेर चिन्छन् । उनको यो कामलाई प्रोत्साहन गर्नका लागी हामीले यो भिडियो हजुरहरु सामु ल्याएका छौ ।गरिब परिवारमा जन्मिएका बिजय अहिले झापाको सुरुंगामा आएका छन् । उनको यो क्षमतालाइ अझ माथि पुराएर यो देशको नाम विश्व सामु चिनाउन सहयोग गर्ने उदेश्यले उनलाई बसन्त थपलियाले आफ्नो घर झापा सुरुंगामा ल्याउनु भएको छ ।

सानो उमेर देखि नया कुराहरु सिक्ने र बनाउने उनको स्वभाभ रहेछ । स्थानीय, गाउँले र नगरपालिकाले साथ दिएको छ । उनले हावाबाट बिजुली बाल्ने मेसिन , पानि जहाज , रोवट लगायत अन्य सामान बनाएका छन् भने अब रकेट र हेलिकप्टर बनाउने योजनामा छन् ।

यो पनि पढ्नुहोस : फौजी किरा नियन्त्रणमा

झापाको धानखेतीमा देखा परेको अमेरिकन फौजी किराको प्रकोप नियन्त्रणमा आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गौरादह नगरपालिकाका वडा नं २ र ५ मा दुई साता अघि पहिलोपटक देखा परेको फौजी किराको प्रकोप कनकाई नगरपालिकाको वडा नं ५, झापा गाउँपालिकाको वडा नं ३ र कचनकबल गाउँपालिकास्थित धान सुपरजोन क्षेत्रमा समेत फैलिएको थियो ।

कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले ती सबै क्षेत्रमा देखा परेको फौजी किराको प्रकोप पूरै नियन्त्रणमा आइसकेको बताउनुभयो । नियन्त्रणमा आउनु अघि फौजी किराले ती क्षेत्रको २५ बिघामा लगाइएको धानखेती स खाप पारेको थियो । उहाँका अनुसार नेपालमै पहिलोपल्ट झापामा अमेरिकन जातको फौजी किरा देखा परेको र यस अघि भारतीय जातको फौजी किराको मात्र प्रकोप देखा पर्ने गरेको थियो ।

राति मात्र सक्रिय हुने अमेरिकन फौजी किराले लार्भा अवस्थामा बढी क्षति पु¥याउने गरेको छ भने शुरुमा धानको पात खाएर झिल्लीजस्तो बनाउने र पछि गुभोको रस चुसेर बोट सुकाएर मा र्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख रवीन्द्र सुवेदी बताउनुहुन्छ ।

उहाँका अनुसार फौजी किरा नियन्त्रणका लागि धानखेतीमा एममिक्टीन बेन्जोस्ट, क्लोरोपाइरीफस र साइपर मेप्रीन मिश्रण गरेर स्पे्र गरिएको थियो । अमेरिकन जातको फौजी किरा देखा परेपछि कृषि ज्ञान केन्द्र, स्थानीय तहका प्राविधिक, कृषि निर्देशनालय र बाली संरक्षण प्रयोगशाला विराटनगरका विज्ञले किसानको खेतमै पुगेर कीराको पहिचान गरेका थिए ।

Comments