‘ए’सिड’ आ क्रमणमा परेकी वीरगन्जकी १४ वर्षीया मुस्कान खातुनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । गएको शुक्रबार बिहान ६ बजे विद्यालय जानेक्रममा ए सिड क्रमणमा परेकी मुस्कानको स्वास्थ्य अवस्थामा केही सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । मुस्कान खातुनको स्वास्थ्यमा सुधार भइरहे पनि उनकी आमालाई भने छोरी पूर्णरुपमा निको हुन्छे कि हुन्न भन्ने चिन्ताले सताएको छ ।

कीर्तिपुर अस्पतालमा छोरीको हेरचाहका लागि बसेकी आमा सहानाज खातुन छोरीले ‘ममी मेरो अनुहार पहिलेकोजस्तो हुन्छ कि हुँदैन ?’ भनेर सोध्दा आफूलाई सम्हाल्न नै नसकेको बताउँछिन् ।

१४ वर्षको उमेरमा विवाह गरेकी सहानाजका तीन छोरी र दुई छोरा छन् । ए’सिड आ’क्रमणमा परेकी माइली छोरी मुस्कान पहिलेको अवस्थामा आउन सक्छे कि सक्दिन भन्ने चिन्तामा परेकी सहानाजले ए’सिड प्र’हार गर्नेलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेकी छन् ।

छोरीको दर्दनाक अवस्थाको पीडा उनका बुवा रसुल अन्सारीको आँखामा पनि उत्तिकै देखिन्छ । धेरै पढेर आफूहरुलाई सुख दिन्छु भनेकी छोरीको यो अवस्था हुँदा रसुलका आँखा ओभाएका छैनन् । त्यसमाथि छोरी मुस्कानले ‘बाबा मैले के गल्ती गरेकी थिएँ र यस्तो भयो ?’ भन्दै प्रश्न गर्दा आफूलाई झन् पीडा हुने गरेको रसुल बताउँछन् ।

घरनजिकैका नसाद अलि र माजी आलमले मुस्कानलाई ए’सिड प्र हार गरेका थिए । उनीहरुलाई हाल प्रहरीले पक्राउ गरेको छ । उता, ए’सिडका कारण शरीरको १० प्रतिशत भाग ज’लेको मुस्कानको आइतबार शल्यक्रिया गरिएको थियो ।

प्रज्ञा तिमल्सिना र राममान डंगोल (इमेज)

Comments