काठमाडौं । नेपालका हिन्दु नारीहरुले तीज मनाएर सकिए पनि  अहिले दुई नारी चर्चामा आएका छन् । ती हुन् रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने र ऋषि धमलाकी पत्नी एलिजा गौतम धमला ।दुवै नारी आफ्नो पहिचानले मात्र चर्चामा आएका होइनन् । रविकी पूर्व पत्नी इशा सामाजिक सञ्जालमा क्रिया प्रतिक्रियाबाट चर्चामा आइरहेकी छिन् । उनको ब्लग नै हजारौं शेयर भएको छ । समाचार र तस्बिर सबैभन्दा बढी खोजीमा परेको छ ।

अर्का सेलिब्रिटी पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमलाको खुट्टाको धोएको तस्बिर र भिडियोका कारण चर्चामा छिन् । हिन्दु नारी भन्दै उनले पतिको खुट्टा धोइन् । यसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । एलिजा चलचित्र नायिका पनि हुन् । उनले चलचित्र अनुराग खेलेकी थिइन् ।

यो पनि पढ्नुहोस : रवि लामिछानेसहित तीन जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

पत्रकार शालिकराम पुडासैनी आ त्मह त्या प्रकारणका अभियुक्त रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा सोमबार निवेदन दर्ता गराएको छ । चितवन जिल्ला अदालतले आत्महत्या गर्न दुरुत्साहन मुद्दामा अभियुक्त बनाइएका अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले बताए । उनका अनुसार सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ ।

यसअघि लामिछाने र कँडेलले धरौटी माग गरेको आदेश उपर दिएको निवेदनमा सुनवाई गर्दै कैफियत प्रतिवेदन मागेको थियो । सो प्रतिवेदन प्राप्त भएकाले त्यसको पेशी आगामी बिहीबारका लागि तोकिएको घिमिरेले जानकारी दिए ।

Comments