सलमान खानको सेप्टेम्बरको शुरुवातमा गर्ने भनेको क्यानडा र अमेरिकको भ्रमण रद्द गरेका छन् । केही विशेष भेटघाट र एक कार्यक्रमको लागि सलमानले क्यानडा र अमेरिकाको भ्रमण गर्न लागेको थिए । भारतीय मिडियाका अनुसार सलमानले अब अर्को वर्ष यी दुई देशहरुको भ्रमण गर्नसक्नेछन् । यो टुरमा सलमानको साथमा गायक कमाल खान र अर्का गायक मीका सिंह पनि सँगै जाने भएका थिए । यी मीका सिह पनि भ्रमणमा सँगै जाने भएपछि सलमान जान नचाहेको समाचारमा उल्लेख छ ।

पाकिस्तानमा शो गरेर आएपछि सबैतिरबाट आलोचना खेप्नुपरेको मीकासँग सलमान अझै डराइरहेका छन् । मीकासँगै भ्रमण जाँदा दर्शकहरुको नकारात्मक प्रतिक्रिया मिल्ने डर सलमानले भ्रमण नै रद्द गरिदिएको हुनसक्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस :  सलमानको फिल्मले सुटिङ अघि नै १९० करोड भारु कमायो

बलिउड अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म इंशाअल्लाहले सुटिङ अघि नै १९० करोड भारु कमाएको छ ।रिपोर्टका अनुसार संजय लिला भंसालीले यो फिल्मको थिएट्रिकल राइट्स १६५ करोड भारुमा बेचेका छन् । यसबाहेक उनले प्रोमोशन र विज्ञापनका लागि २५ करोड भारु लिएका छन् । यसरी फिल्मको मूल्य १९० करोड भारु पुगेको छ । यो हेरेपछि फिल्मको डिजिटल र सेटलाइट राइट्सले पनि उच्च मूल्य पाउने आशा गरिएको छ ।

यो फिल्ममा भंसाली र सलमान खान दुई दशकपछि सँगै फिल्म गर्दैछन् । फिल्म सन् २०२० मा रिलिज हुनेछ र चाँडै नै यसको सुटिङ सुरु हुँदैछ ।भंसाली यो फिल्मलाई सलमान खानको प्रोडक्सन कम्पनी सलमान खान फिल्म्ससँग मिलेर बनाउने भएका छन् ।

Comments