नेपालबाट बैदेशिक रोजगारको लागि मलेसिया पुगेका एक नेपालीको निधन भएको छ । उनलाई अचानक बिरामी भै छटपटाउन थालेपछि हस्पिटल लागिएको थियो । हस्पिटलमा लगेपछि उनको निधन भएको हो ।नेपालमा भोजपुर जिल्ला राम प्रसाद गाउपलिका ७ का गोरिमान बघलकोती (अर्पन) को निधन भएको हो । अर्पन लामो समय देखि मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका थिए । मलेसियामा रहंदा उनले सेक्युरिटी गार्डको काम गर्दै आएका थिए। डाक्टरका अनुसार उनको दुवै मिर्गौला फेल भै निधन भएको जनाएको छ ।

आफ्नो दैनिकी डिउटी सकेर कोठामा फर्केपछि अचानक नाक र मुखबाट रगत बग्न थालेपछि उनको उपचारकै क्रममा हस्पिटलमा निधन भएको बिज्ञप्ति सयपत्री युबा क्लबले निकालेको छ । बिज्ञप्तिमा अघि भेनिएको छ उनि अविधानिक भएको कारणले हामीले घटनाको बारेमा नेपाली राजदूतावास खबर गरेका छौ । बिज्ञप्तिमा अघि भनेको छ यो दुखद घडीमा उनको पार्थिव शरीर नेपाल पठाउन आर्थिक समस्या आइपरेको कारण बिभिन्न संघसंस्थाहरुलाई सूचना गर्दै सहयोगको लागि अनुरोध गरेको छ । उनको पार्थिव शरीरलाइ नेपाल पठाउन हस्पिटलले करिव १५ हजार मलेसियन रिङेटको माग गरेका कारण उक्त पैसा संकलन गर्न क्लबले अनुरोध गरेको हो ।

Comments