काठमाडौँ । अमेरिकामा मृ त्यु भएका तीन नेपालीको दाहसंस्कार गरिएको छ । मृ त्यु भएका गोविन्दप्रसाद खनाल, शान्तादेवी खनाल, र श्रद्धा खनाल ओझाको दाहसंस्कार मिजुरीको स्प्रिङ्फिल्डस्थित गोर्मेन ९शार्फ फ्युनरल होममा गरिएको हो मृतकका आफन्तहरुले जनाएका छन् । न्युयोर्क र कन्सासबाट पूरोहित बोलाएर गोविन्द र शान्ता बैष्नव, तथा श्रद्धाको हिन्दू संस्कारअनुसार दाहसंस्कार गरिएको सेतले जनाएको छ ।

बुबा गोविन्द, आमा शान्ता र छोरी श्रद्धाको गत मंगलबार मिजुरी राज्यको मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेको समयमा तिब्र गतिको ट्रकले ठक्कर दिँदा ज्यान गएको थियो । दुर्घटनामा श्रद्धाका पति प्रभाश र ४ वर्षीय छोरा सौर्य घाइते भएको र उनीहरुको उपचार भइरहेको बताइएको छ ।

Comments