ललितपुर, पूर्व सभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् ।सार्वजनिक यातायातमा महिला माथि यौ न दु व्र्यवहार गरेको अभियोगमा पक्राउ गरेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले जानकारी दिइन् । उनका अनुसार कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौ न दु व्र्यवहार गरेको पाइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको र अदालतमा म्याद थप्ने प्रकृयामा रहेको एसपी सिंहले बताइन ।

घिसिङ २०७० सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का तर्फवाट समानुपातिक तर्फ सभासद बनेका थिए । संबिधान निर्माणलगत्तै उनलाई तत्कालीन माओवादी केन्द्रले कारवाही गरेकोले पार्टी छोडेको घोषणासमेत गरेका थिए । सोमबार दिउँसो घिसिङले सार्वजनिक सवारीमा नै दु र्व्यवहार गरेपछि बसमा सवार यात्रुले प्रहरीलाई खबर गरेका थिए।

वडाध्यक्ष पक्राउ

आफ्नै सहकर्मी कु टेको आरोपमा वडाध्यक्ष प क्राउ पर्नुभएको छ । छिमेकी वडाका वडाध्यक्षलाई कु टपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो ।

लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कु टपिट गरेका थिए । मा’दक प’दार्थ से’वन गरी लुइँटेलले आफूलाई कु टपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।

आफूलाई पटक–पटक ध म्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आ क्रमण भएपछि बाध्य भएर सहकर्मीविरुद्ध उजुरी गरेको पीडित थापाले बताउनुभयो । गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिले असुरक्षा महसुस गरेकाले सुरक्षाका लागि कानूनी उपचार खोजेको उहाँको भनाइ छ ।

Comments