लोक दोहोरी गायक भगवान भण्डारी र गायिका बिमा कुमारी दुराले आज आफ्नो नया गितको रेकर्डिङ्गको क्रममा मिडिया संग अन्तर्क्रिया गर्दै देशको अवस्था र यसले कलाकारहरुमा पर्न गएको असर बारेमा खुलेर बोलेका छन् । भगवान भण्डारी अहिले अमेरिकाबाट नेपाल छुट्टीको क्रममा आएका छन् र नेपाल आएको मौकामा लोक गित संगीतमा सक्रिय भएर हिडेका छन् । यहि विषयमा प्रश्न गर्दा भगवान भण्डारी र बिमा कुमारी दुराले देशको अवस्थाले गर्दा गायक गायिका विदेशिनु परेको बताएका छन् ।

बिमा कुमारी दुरालाई विदेश जाने र बस्ने रहर लाग्यो कि लागेन भन्ने प्रश्नमा बिमाले भनिन्: “मलाई रहर अहिले सम्म लागेको त छैन तर आँट भने नभएको होईन । म जुनै बेला पनि कुनै देशले अवसर दिएमा जान सक्छु तर अहिले जाने योजना चाहि बनाएको छैन । हाम्रो देशमा राम्रो बिकास नभएकोले गर्दा र गायक गायिकालाई राम्रो सम्मान र अवसर नदिएकोले गर्दा विदेशिनु परेको छ र म पनि गायिका भएकोले मैले पनि राम्रो सम्मान नपाए जीवन निर्वाह गर्न विदेशिन सक्नेछु । सबै कलाकार र युवाहरुको पिडा देशमा अवसर नभएर नै हो ।”

Comments