नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले अहिलेको सरकारको प्रचारमुखी कार्यहरु बारे आफ्नो आलोचनात्मक धारणा व्यक्त गरेका छन् । प्रधानमन्त्रि केपी शर्मा ओली आज सिङ्गापुरबाट उपचार गरेर फर्किदै गर्दा रामहरि खतिवडाले प्रधानमन्त्रीको उपचार खर्चको श्रोत के हो भन्ने कुरा पनि खुलाउन पर्यो भन्दै चर्को स्वरमा आफ्नो कुरा अन्तर्वार्तामा राखेका छन् । साथै राजसंस्था फर्किने हल्ला बारे पनि रामहरि खतिवडाले ठाडो रुपमा भने कि नेपालमा अब राजसंस्था फर्किने अवस्था छैन यो कुरा सबैले मन र दिमागमा राख्न जरुरी छ भन्दै उल्लेख गरेका छन् ।

क्यानाडा नेपालका लागि सन्तोष निरौला संगको कुराकानीमा रामहरि खतिवडाले भने: “प्रधानमन्त्रीले विदेशमा गरिएको उपचार खर्च राज्यबाट नलिने भन्नु राम्रो हो तर आफैले खर्च गर्ने करोडौ पैसा प्रधानमन्त्री संग कहाँ बाट आयो भन्ने कुरा पनि खुलाउन त पर्यो नि कि प्रधानमन्त्रीको तलब करोड हो भनेर भन्नपर्यो । नत्र राज्यबाट नलिएको मात्र भनेर हुन्छ करोडौ कहाँ बाट आयो भनेर पनि खुलाउन पर्यो नि त । प्रधानमन्त्रीले देशमा भएको अस्पतालहरु माथि विश्वास नगर्नु भनेको आफ्नो सरकार र सरकारको कार्य प्रति पनि विश्वास नगर्नु जस्तै हो ।”

राजसंस्था फर्किने हल्ला चले संगै नेपाली कांग्रेस पनि राजसंस्था फर्काउने तिर लागेको छ नि भन्ने प्रश्नमा नेता खतिवडाले भने: “राजा आउछ भनेर नसोचे नि हुन्छ । अब सबैले आफ्नो मन र दिमाग बाट राजालाई निकाले हुन्छ र राजा फर्किने सपना नदेखे हुन्छ । राजा भनेको दारा नंग्रा निकालेको बाघ जस्तै हो न टोक्न सक्छ न केहि गर्न नै सक्छ त्यसैले अब राजाको कार्य प्रति हामीले ठुलो चासो दिन हुदैन । राजसंस्था कुनै पनि हालतमा फर्किदैन भन्ने कुरा ढुक्क भए हुन्छ ।”

 

Comments