टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र नेपाल प्रहरीका निलम्वित डिएसपी अंगुर जिसीविरुद्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी मुद्दा जिल्ला अदालत कञ्चनपुरले खारेज गरिदिएको छ । निर्मला पन्त बला त्कार र ह त्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको थियो । टेलिभिजनमा विचाराधीन मुद्दामा बोल्ने–बोलाउने कार्य भएको भन्दै दिलीप सिंह विष्टका दाइ खड्गसिंहले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका हुन् ।

निर्मलाको बला त्कारपछि ह त्या गरिएको घटनाको सुरुदेखि अनुसन्धानमा जुटेका डिएसपी जिसी र दिलिपका भेनाजु पर्ने पत्रकार खेम भण्डारीसँग रविले आफ्नो टिभी कार्यक्रममा अन्तर्वार्ता लिएका थिए। खड्गसिंहले सुरुमा दर्ता गराएको उजुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गरेका थिए । तर उनीहरुले अर्को उजुरी दिएपछि दर्ता गरेका थिए। जिल्ला अदालत कञ्चनजपुरका रजिष्ट्रार हरिकृष्ण अवस्थीका अनुसार जिल्ला न्यायाधशीश गोपाल बास्तोलाको एकल इजलासमा पेश भएको उजुरी दर्ता गर्न दपछि खारेज गर्ने आदेश दिएका हुन्।

Comments