सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने नयाँ कानुन लागू गरेको छ। भारतले आइतबारदेखि लागू भएको नयाँ कानुनअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई २ वर्षसम्म जेल हुने उल्लेख गरेको छ । मापसे गरेर सवारी चलाएमा पहिलो पटक ६ महिना जेल र १० हजार भारतीय रुपैयाँ जरिमाना हुनेछ। सोही मानिसले दोस्रो पटक मापसे गरेर गाडी चलाए दुई वर्ष जेल र १५ हजार रुपैयाँ जरिमाना तिराइने कानुनमा उल्लेख छ।नेपालमा पनि केही वर्षदेखि मापसे परीक्षण सुरू गरिएको छ।

यो पनि पढ्नुहोस : अमेरिकी विदेशमन्त्री पोम्पेओको उत्तर कोरियाद्वारा आलोचना

उत्तर कोरियाले ‘छलजन्य व्यवहार’ गरेको भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दिएको भनाइप्रति प्योङयाङको आलोचना आएको छ । उसले वासिङ्टनसँग आणविक वार्ताका लागि गर्दै आएको अपेक्षा ‘बिस्तारै हराउँदै’ गएको बताएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने प्रयासस्वरूप आवश्यक प्रक्रियालाई निरन्तरता दिने सहमति भएको भएपनि अमेरिकी विदेशमन्त्री पोम्पेओका उत्तर कोरियाबारे आएका भनाईलाई लिएर प्योङ्याङले अमेरिकी विदेशमन्त्रीको भनाई विरूद्ध आक्रोशजन्य भनाई ल्याएको हो ।

दुई देशका नेताबीच वार्तालाई निरन्तरता दिने सहमतिपछि पनि हालैका दिनहरूमा यसबारे कुनै प्रगति हुनसकेको छैन । तर दक्षिण कोरियासँग अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास जारी राखेको भन्दै विरोधमा उत्तर कोरियाले पनि एक पछि अर्को गर्दै छोटो दूरीका हतियार परीक्षणलाई निरन्तरता दिएको थियो ।“अमेरिकासँग हामीले अपेक्षा गरेको वार्ता बिस्तारै हराउँदै गएको छ र अहिलेसम्म अपनाइएका उपाएहरूलाई हामीले पुनः परीक्षण गर्न बाध्य पारिएको छ,” उत्तर कोरियाली उप–विदेशमन्त्री चो सोन हुईले जारी गरेको एक विज्ञप्तिलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

चोको भनाई यसै हप्ताको शुरूमा अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाली गतिविधिलाई ‘छलकपटपूर्ण व्यवहार’को सज्ञा दिँदै यसलाई वेवास्ता गर्न नसकिने बताएपछि उत्तर कोरियाको यो भनाई आएको हो ।नेता चोले भन्नुभयो, “यो किसिमको भाषा असंगतपूर्ण, उत्तेजक र अपमानजनक थियो । अमेरिकाले हाम्रो धैर्यलाई परीक्षण गर्नु गलत छ । यसले पछि पछुताउनुपर्नेछ ।”उत्तर कोरियाको अमेरिकी कूटनीतिज्ञप्रतिको कटू आलोचना एक हप्ता पछि पुनः दोहोरिएको छ । अघिल्लो साता पोम्पेओलाई सङ्केत गर्दै उनको बोली र व्यवहारमा समस्या रहेको भन्दै यसले वार्ताको सम्भावनालाई चुनौति दिएको बताइएको थियो ।

यो पनि पढ्नुहोस : विमानस्थलका कर्मचारीलाई सकारात्मक सोचसम्बन्धी तालीम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना कर्मचारीलाई यात्रुसँगको व्यवहार सहज र राम्रो बनाउन सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।‘अतिथि देवो भव’ को भावनाबाट विमानस्थल कर्मचारी विमुख नहुन भनेर सबै कर्मचारीका लागि नैतिकतासम्बन्धी प्रशिक्षण आयोजना गरिएको हो । साथै कर्मचारीमा आज गर्नसकिने काम सकेसम्म आजै गर्ने भन्ने सोचको विकास गर्न र भोलि भन्ने बानी हटाउन प्रशिक्षण प्रभावकारी हुने बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज उक्त प्रशिक्षण शुभारम्भ गर्दै यस्ता प्रशिक्षणले यात्रुसँगको व्यवहार राम्रो हुनाका साथै सम्बन्ध पनि कायम हुने बताउनुभयो । सोही मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रशिक्षणपछि कर्मचारीमा राम्रो सोचको विकास भए नभएको अनुगमन गर्न सम्बन्धित निकायलाई सुझाव दिनुभयो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दैनिक करीब २० हजार यात्रु ओहरदोहर गर्ने विमानस्थलका कर्मचारीले यात्रुसँग राम्रो व्यहार गरून् भन्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।

विमानस्थल कार्यालयले पाँच दिनमा विभिन्न ‘सिफ्ट’ गरी करीब ९००कर्मचारीलाई विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइने जनाएको छ । यो प्रशिक्षणपछि अर्को महीना विमानस्थलका ट्याक्सी चालकलाई पनि यस्तै प्रशिक्षण दिइने भएको छ । विमानस्थलका कर्मचारीले यात्रुसँग झर्कनाका साथै सहज व्यवहार नगरेको भन्ने गुनासो आएपछि मन्त्री भट्टराईको निदर्नेशनमा सो प्रशिक्षण आयोजना गरिएको महाप्रबन्धक क्षेत्रीले जानकारी दिनुभयो ।

Comments