बीबीसी – भारत-प्रशासित कश्मीर क्षेत्रको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयपछि गाउँलेहरूलाई या तना दिइएको आरोप भारतीय सेनामाथि लागेको छ। कश्मीरका केही गाउँलेहरूले उनीहरूलाई सुरक्षाकर्मीले विद्युतीय झट्का दिने अनि लौरो र तारले हा न्ने गरेको बताए। केही गाउँलेहरूले जीउमा लागेको चो ट देखाएको बताए। त्यहाँ परिचालित सुरक्षाकर्मीले आफूहरूलाई या तना दिएको कश्मीरका केही मानिसहरूले बताएका छन्। भारतीय सेनाले आफूमाथि लागेको आरोपलाई आधारहीन र बिनाप्रमाणको भएको बताएको छ। अगस्ट ५ तारिखमा कश्मीरको विशेषाधिकार खारेज गर्ने गरी संविधानको धारा ३७० निष्क्रिय पारेयता उक्त क्षेत्र बन्द छ।

दशौँ हजार सैनिकलाई अहिले उक्त क्षेत्रमा परिचालन गरिएको छ।नेता, व्यापारी र अभियानकर्मीसहित झन्डै तीन हजार मानिसलाई थुनामा राखिएको बताइएको छ। धेरैलाई कश्मीरबाहिरका जेलहरूमा सारिएको छ।अधिकारीहरूले मुस्लिम बाहुल्य भएको उक्त क्षेत्रमा शान्तिस्थिति कायम गर्न आफ्ना कदमहरू रणनीतिक भएको बताएका छन्। भारतीय सेना पृथक्तावादी वि द्रोहीसँग तीन दशकभन्दा बढी समयदेखि यो क्षेत्रमा लडिरहेको छ। भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको भारतभरि स्वागत गरिएको छ र मानिसहरूले साहसी निर्णय लिएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन्।उक्त कदमलाई मूलधारका सञ्चारमाध्यमले पनि समर्थन गरेका छन्।

म दक्षिणी जिल्लाका कम्तीमा आधा दर्जन गाउँहरू घुमेँ। ती गाउँ केही वर्षयता भारतविरोधी विद्रोहको केन्द्रका रूपमा चिनिन्छन्। मैले ती गाउँका कैयौँ मानिसहरूबाट उस्तै कथा सुनेँ – रातिराति गरिने फौजका कारबाही, कु टपिट र या तना।चिकित्सक तथा स्वास्थ्य अधिकारीहरू आफ्ना बिरामीहरूबारे पत्रकारसँग बोल्न अनिच्छुक पाइन्छन्। तर गाउँलेहरूले भने सुरक्षा फौजका कारण भएको भन्दै उनीहरूका शरीरका चो टप टक मलाई देखाए। एउटा गाउँमा मलाई त्यहाँका गाउँलेहरूले बताएअनुसार कश्मीरको हैसियत खोस्नेगरी दिल्लीले विवादास्पद निर्णय घोषणा गरेको केही घण्टामै सेना घरघरै पसेको थियो।

दुई दाजुभाइले आफूहरूलाई सेनाले निद्राबाट उठाएको र बाहिर अन्य एक दर्जनजति गाउँका पुरुषलाई राखिएको ठाउँमा लगिएको बताए। अरूजस्तै उनीहरूले पनि प्रतिशोधको काम हुन सक्ने भन्दै आफ्नो पहिचान खुलाउन चाहेनन्। “उनीहरूले हामीलाई पि टे। हामीले के गरेका छौँ भनेर सोध्यौँ। नपत्याए तपाईँ अरू गाउँलेलाई पनि सोध्न सक्नुहुन्छ भनेर पनि भन्यौँ। तर उनीहरूले हाम्रा कुनै कुरा सुन्न चाहेनन्। केवल पि टिरहे,” एक जनाले भने।

“उनीहरूले मेरो शरीरको सबै भागमा पि टे। लात्ता हा ने, लट्ठीले हा ने, बिजुलीको झ ट्का लगाए र तारले पि टे। खुट्टाको पछाडिको भागमा प्र हार गरे। अचेत भएपछि बिजुलीको झ ट्का लगाएर ब्युँझाए। जब लट्ठीको प्रहार सहन नसकेर हामी चिच्याउँथ्यौँ, हाम्रो आवाज थुन्न उनीहरूले हाम्रो मुखमा माटो कोचे।” “हामी निर्दोष छौँ भनेर भन्यौँ। किन यसो गरेको भनेर सोध्यौँ। तर हाम्रो कुरा उनीहरूले सुनेनन्। मैल त ‘पि ट्नुको साटो बरु मारिदेऊ’ भनेँ। यातना सहन नसकेर मैले ईश्वरलाई मलाई लैजान पनि भनिरहेँ।”

अर्का गाउँलेले सुरक्षा फौजले आफूलाई ‘ढुङ्गा हा न्नेहरूको नाम बताउन’ भनेको बताए। गत दशकमा कश्मीर उपत्यकामा भएका विरोध प्रदर्शनका क्रममा युवा तथा किशोरहरूले सुरक्षा फौजविरुद्ध ढुङ्गा हा न्ने क्रम बढेको छ। उनले फौजलाई आफूले त्यस्ता कसैलाई नचिनेको बताएपछि उनलाई चस्मा, लुगा र जुत्ता खोल्न लगाइयो। “मैले लुगा फुकालेपछि तब उनीहरूले निर्दयी तरिकाले दुई घण्टासम्म लट्ठी र छडले प्र हार गरे। अचेत हुनासाथ बिजुलीको झ ट्का लगाएर ब्युँझाए।””अब फेरि उनीहरूले त्यसो गरे भने म जे पनि गर्न सक्छु। बन्दुक बोक्छु। सधैँ यो सहन सक्दिनँ,” उनले भने। ती युवाले आफूलाई सुरक्षा फौजले उनीहरूविरुद्ध प्रदर्शनमा भाग लिए यस्तै परिणाम बेहोर्नुपर्ने चेतावनी सबै गाउँलेलाई सुनाइदिन भनेको बताए।बीबीसीले कुरा गरेका गाउँका सबै पुरुषले सुरक्षा फौजले सम्पूर्ण गाउँलेलाई त्रसित बनाउन र प्रदर्शन गर्नबाट रोक्न यसो गरेको उनीहरूको विश्वास रहेको बताए।

 

Comments