काठमडौं, ११ भदौ । चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नामको फेसवुक एकाउण्टवाट अश्लिल सन्देश सार्वजनिक भए पछि सामाजिक सञ्जालमा हलचल भयो । उनको नाममा खोलिएको एकाउण्टवाट यस्ता तस्बिर बाहिरीएपछि धेरैले सुरुमै फेक एकाउन्ट भनेर अड्कल भने लगाइसकेका थिए । एसपीको नामको फेसबुकबाट अर्धनग्न तस्बिर, अश्लिल स्ट्याटस राखेर सार्वजनिक गरिएपछि सबैले त्यस्तो अड्कल भने गरिसकेका थिए । तर बुझ्दै जाँदा उक्त एकाउन्ट एसपी मल्ल्को आफ्नै नभएको पनि पुष्टि भयो । उनको नाममा नक्कली आइडी बनाएर यस्तो गरिएको चितवन प्रहरीले जनाएको छ।

नक्कली फेसबुक एकाउन्ट खोली अर्धनग्न तस्वीर र अश्लिल किसिमका स्ट्याटर्सहरु राखिए पछि चितवन प्रहरीका लागि सो विषय टाउको दुखाई बन्यो । जिल्ला प्रहरी कार्यालय चितवनले सो घटनाको अहिले गम्भिर ढंगले अनुसन्धान गरिरहेको छ । कार्यालयले मंगलबार बेलुकी प्रेस बिज्ञप्ती निकाल्दै घट्नालाई प्रहरीले गम्भिर रुपमा लिदै थप अनुसन्धान र कार्वाहीको लागि केन्द्रीय अनुसन्धान व्युरोमा जानकारी गराइएको प्रहरीद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

१७ अगस्टका दिन दिउँसो १२ बजे प्रहरी प्रमुख मल्लको नाममा खोलिएको उक्त एकाउन्टवाट रातिको अन्दाजी सवा १० बजे अश्लील तस्वीर राखिएको छ भने, २० अर्गष्टमा राती ७.४१ बजे भरतपुर महानगरकी प्रमुख रेणु दाहाललाई अपशब्द बोल्दै रवि लामिछाने लाई फसाउन आफूलाई १४ करोड रुपैयाँ दिएको भनी बताएका छन् । प्रहरीले उक्त घटनाबारे छानबिन गरिरहेको जनाएको छ। साथै,उक्त घट्नामा संलग्न जो कोही भएपनि त्यसलाई नियन्त्रणमा लिएरै छाड्ने प्रहरीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

Comments