कस्मिरमा पाकिस्तानी सेनाको गो ली प्र हारमा बाट गोर्खा रेजिमेन्टका एक जना सैनिकको ज्यान गएको छ । ज्यान जानेमा गोर्खा रेजिमेन्टका राजीव थापाको रहेका छन् । थापा गोर्खा रेजिमेन्टका नायक हुन् । भारतीय सेनाका अनुसार थापाको टाउकोमा गो लि लागेर निधन भएको थियो । गोलि लागेपछि उनको अनुहार समेत चिन्न नसक्ने अवस्थामा थियो । थापाको श वलाइ शनिबारनै जहाजमार्फत बाघडुग्रा ल्याई अन्तिम संस्कार गरिएको थियो ।

त्यस्तै त्यस्तै केहि दिन अघि पाकिस्तानी सेनाको गो लीबाट एक भारतीय सेनाको निधन भएको थियो । ज्यान जानेमा नेपाली मुलका भारतीय लेस नायक सन्दिप थापा रहेका थिए । देहरादून निवासी ३५ वर्षीय थापा १५ वर्षदेखि भारतीय सेनामा आबद्ध रहेका थिए । नियन्त्रण रेखामा गोला८बारी गरिरहेको भारतको आरोप थियो । कश्मिरलाई मोदी सरकारद्वारा धारा ३७० अनुच्छेद हटाएपछि भारत पाकिस्तानबीच द्वन्द्व सुरू भएको हो। सीमा क्षेत्रमा दुवै देशबीच गोला८ बारी भइरहेको छ।

कश्मीरलाई दिएको विशेषाधिकार खारेजीपछि प्रधानमन्त्री मोदी समर्थन जुटाउने र आफ्नो प्रभाव देखाउने शिलशिलामा विभिन्न देशको भ्रमणमा छन्। यसअघि विदेशमन्त्री एस जयशंकरसमेत लगातार विभिन्न देशको भ्रमणमा निस्केकाे थिए। युएइको अबुधाबी पुग्नु भएका भारतीय प्रधानमन्त्री मोदीलाई त्यहाँका क्राउन प्रिन्स शेख मुहम्मद बिन जायेद अल नाहयानले स्वागत गरे। मोदीलाई शनिबार नै त्यहाँको सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ । यो भ्रमणका क्रममा मोदीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा छलफल गर्ने भारतीय अधिकारीहरुले जनाएका छन् ।

 

 

 

‘काश्मिर समस्या नियन्त्रण’मा रहेको प्रधानमन्त्री मोदीको विश्वास ः ट्रम्प

भारतीय सरकारले काश्मिर तनाव नियन्त्रणभित्र रहेको महशुस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।
काश्मिर तनावबारे भारत र पाकिस्तानसँग मध्यस्थता गर्नु आवश्यकता नरहने आफूले महशुस गरेको राष्ट्रपति ट्रम्पले फ्रान्सको वियारिजमा भइरहेको जी–सेभेन सम्मेलनका अवसरमा बताउनुभएको हो ।यसै महिनाको शुरूमा राष्ट्रपति ट्रम्पले आवश्यक परे काश्मिर बिषयमा अमेरिकाले मध्यस्थता गर्ने बताउनुभएको थियो ।

तर फ्रान्समा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि उहाँले भन्नुभयो, “काश्मिर समस्या विल्कुल भारतको नियन्त्रणमा रहेको प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गर्नुभयो ।”भारतीय जनता पार्टीको नेतृत्वमा सरकार गठन भएपछि भारत–प्रशासित काश्मिरको विशेष अधिकारलाई खारेज गरी अगस्ट ५ केन्द्र सरकारको मातहतमा राखेको थियो । उक्त घटनाप्रति पाकिस्तानले विरोध जनाउँदै आएको छ ।

ट्रम्पले प्रधानमन्त्री मोदीसँग काश्मिर सम्बन्धमा आइतबार लामो कुराकानी गरेको बताउनुभयो । प्रधानमन्त्री मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग फोनमार्फत कुरा गरेपछि काश्मिरमा भयावह अवस्था रहेको भन्दै मध्यस्थताका लागि आग्रह गर्नुभएको थियो ।

भारतका पूर्वप्रधानमन्त्री सिंहको विषेश सुरक्षा व्यवस्था फिर्ता

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई दिइएको विषेश सुरक्षा व्यवस्था सरकारले फिर्ता लिएको छ । “विषेश सुरक्षा बल (एसपीजी)” का रुपमा खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइएको सरकारी अधिकारीले सोमबार जनाएका छन् ।

भारतमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र उहाँका परिवारका सदस्यहरूलाई विषेश सुरक्षा बल प्रायः खटाउने गरिएको छ ।उहाँलाई अब दोस्रो उच्चस्तरको सुरक्षा व्यवस्था मानिने जेड प्लस सुरक्षा सेवा प्रदान गरिने भएको छ ।

अहिलेसम्म उहाँलाई दिइदै आएको सुरक्षा सेवामा पुर्वविचार गरिएको सरकारी अधिकारीको भनाई छ । यसलाई सुरक्षा निकायहरुले व्यवसायीक दृष्टीकोणबाट लिनु पर्ने बताएका छन् । सिंहले प्रधानमन्त्रीको दुई बर्षे कार्यकाल पुरा गरेर सन् २०१४ मा विदा लिनुभएको थियो । बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी त्यसपछि प्रधानमन्त्री बन्नुभएको हो ।

Comments